काठमाडौं, ८ पुस – पूर्वप्रधानमन्त्री माधवकुमार नेपालकी धर्मपत्नी गायत्री नेपाललाई इन्टरपोलमा दर्ता भएको पासपोर्ट नम्बर प्रदान गर्ने परराष्ट्र मन्त्रालयले सार्वजनिक माफी माग्नुपर्ने नेपाल परिवारको माग छ ।
प्रहरीले इन्टरपोलमा दर्ता गराएको नम्बरकै एमआरपी पासपोर्ट गायत्री नेपाललाई दिएका कारण अघिल्लो साता उनी टर्कीको स्तानुबुल विमानस्थलमा एक रात रोकिएकी थिइन् ।
अमेरिका जाने विमानमा चढ्नै लाग्दा गायत्रीलाई रोकिएपछि माधव नेपालमात्रै अमेरिका गएका थिए । गायत्री एक रात स्तानुबुल विमानस्थलमै रोकिएपछि भोलिपल्ट मात्रै अमेरिका उडेकी थिइन् ।
अमेरिकामा रहेकी माधव नेपालकी कान्छी बहिनी बसुधा नेपाल पोखरेलले भनिन्- ‘यो सामान्य घटना होइन, प्रहरीले इन्टरपोलमा दर्ता गराएको नम्बर परराष्ट्र मन्त्रालयले गायत्रीको पासपोर्टमा किन राखियो ? परराष्ट्र मन्त्रालयले यसबारे गायत्री नेपालसँग सार्वजनिक रुपमै माफी मागोस् ।’
मन्त्रालयले सार्वजनिक माफी माग्नुपर्ने नेपाल परिवारको माग
Previous Articleलाेकमानविरुद्ध मुद्दाकाे सुनुवाइ पुस २१ मा
Next Article भारतबाट थप ८० मेगावाट बिजुली ल्याउने सम्झौता