काठमाडौं, ८ पुस – अध्यन, अवलोकन र भ्रमणका लागि उत्तम गन्तव्य मानिने नेपाल १२ महिना पर्यटनका लागि योग्य भएको भन्दै ‘नेपाल फर अल सिजन’ को अभियान शुरु भएको छ । ट्रेकिङ ऐजेन्सीज एसोसिएसन अफ नेपाल (टान) ले आफ्नो ३८ औ साधरणसभा गरी पर्यटन क्षेत्रको विकास गर्न अभियान नै शुरु गरेको हो ।
पदयात्रा, हिमाल आरोहण, अवलोकन, होमस्टे, शहासिक पर्यटकीय गतिविधि, धार्मिक, कृषि क्षेत्रको विकासमा पर्यटक आउने भएकाले १२ महिना पर्यटक भित्र्याउन अभियान शुरु गरेको टानका अध्यक्ष छत्रप्रसाद रिजालले बताए । पर्यटन उद्योग निश्चित सिजनमा मात्र चल्ने भएकाले मौसमी पर्यटन व्यवसाय हुनुले राज्यले बार्षिक लाखौँ नोक्सान बेहोर्नु परेकाले यसलाई सुधार गर्न राज्यसँग सहकार्य गरी अभियान शूचारु गरेको अध्यक्ष रिजालको भनाइ छ ।
साधारणसभामा टानले गरेका गतिविधिलाई समीक्षा गर्दै पर्यटन व्यवसायको विकासका लागि थप योजना ल्याएको छ । टानले हिमाल आरोहणका क्रममा दुर्घटना भएका परिवारलाई क्षतिपूर्ती उपलब्ध गराउने, पर्यटन मजदुरको उद्धार, विपद व्यवस्थापनदेखि मजदुरको पक्षमा योजना ल्याएका छन् । यस बर्ष टानले पर्यटन मजदुरका ४४ परिवारलाई पर्यटन बोर्डको सहयोगमा राहत रकम वितरण गरेको थियो ।
टानले अन्तराष्ट्रिय इको च्यायालेन्जको आयोजना, दोस्रो टान लाङटाङ–गोसाइँकुण्ड मयाराथुनको आयोजना समेत गरेको छ । टानले टिम्स चेकपोष्टको अनुगमन निरीक्षण गरी व्यवस्थित बनाउने, टिम्स कार्डलाई प्रभवकारी बनाउने, मोटरबाटो निर्माणले पदयात्राका लागि गोरेको लोप भएको भन्दै यसको नियन्त्रणका लागि पहल गर्ने, नयाँ नयाँ पदयात्रा र गन्तव्यको खोजी गर्ने, मजदुरको उपचार, दुर्घटना र बिमा कार्यक्रम कार्यन्वयनमा ल्याउने, पर्यटन सूचना केन्द्र स्थापना गर्ने, रारा तालको एक किलोमीटरको दुरीबाट रारा सर्किट निर्माण गर्ने जस्ता योजना ल्याएको छ ।
टानले आर्थिक बर्ष २०७२-०७३ मा २१ करोड ६१ लाख आम्दानी गरेको छ । यसमा टिम्स कार्डबाट मात्र ११ करोड ५९ लाख आम्दानी गरेको छ । टिम्स कार्डलाई व्यवस्थित गरी आम्दानीलाई थप बनाउन पहल गर्ने समेत टानको लक्ष्य छ ।
Previous Articleकिरण बरालको ‘यौटा फूल फुल्दै जान्छ’
Next Article लाेकमानविरुद्ध मुद्दाकाे सुनुवाइ पुस २१ मा