काठमाडौं, ७ पुस – संविधान संशोधन प्रस्तावका विरुद्ध ९ राजनीतिक दलले पुस २२ मा गर्न लागेको जनप्रदर्शनको तयारी तथा समन्वयका लागि प्रमुख विपक्षी नेकपा एमालेले महासचिव ईश्वर पोखरेलको नेतृत्वमा उच्चस्तरीय कार्यदल गठन गरेको छ ।
कार्यदलमा उपमहासचिवद्धय विष्णु पौडेल र घनश्याम भुसाल तथा सचिवहरु प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, भीमप्रसाद आचार्य, गोकर्णराज विष्ट र योगेश भट्टराई छन् । त्यस्तै सुवास नेम्वाङ, छविलाल विश्वकर्मा, अष्टलक्ष्मी शाक्य, कृष्णगोपाल श्रेष्ठ, भानुभक्त ढकाल र बिजय गुरुङ पनि कार्यदलमा छन् ।
कार्यदलको बिहीबार बसेको बैठकले राजधानीभित्रका पार्टी कमिटी, जनसंगठन र सम्पर्क मञ्चहरुलाई पुस २२ को प्रदर्शनमा सहभागी हुनका लागि निर्देशित गरेको छ । बैठकले ती कमिटीलाई आ-आफ्ना कार्ययोजना दुई दिनभित्र केन्द्रीय सचिवालयमा पेस गर्न आह्वानसमेत गरेको छ ।
एमालेले उक्त दिन राजधानीमा रहेका पार्टी कार्यकर्ता, समर्थक र शुभेच्छुकलाई अनिवार्य रुपमा प्रदर्शनमा भाग लिन लगाउने गरी कार्ययोजना बनाउने निर्णय गरेको छ । एमालेले सो दिनको कार्यक्रमलाई शक्ति प्रदर्शनका रुपमा तयारी थालेको छ । राष्ट्रिय एकता, सामाजिक सदभाव र संवैधानिक प्रावधानविपरीत संशोधन प्रस्ताव ल्याइएको भन्दै त्यसविरुद्ध ऐक्ववद्धता जारी गर्नका लागि एमालेले अपील गरेको छ ।
शक्ति प्रदर्शनका लागि एमालेले बनायो महासचिवको टोली
Previous Articleकाठमाडौँमा एकै साता चार चिनियाँ टोली
Next Article जनताका बिजुलीः जनार्दन र कुलमान