बागलुङ, २ पौष – कालीका भगवती गुठी व्यवस्थापन समिति बागलुङले एम्बुलेन्स सेवा संचालन गर्ने भएको छ । गुठीले ब्यवस्थापन समितिले बागलुङ नगरपालिका–४ स्थित अम्बावती मोतीकला देवी सापकोटा स्मृति प्रतिस्ठान सँगको सहकार्यमा संयुक्त एम्बलेन्स सेवा संचालन गर्न लागेको हो ।
भारतीय राजदुतावास मार्फत करिव एक महिना अगाडी स्मृति प्रतिष्ठानले ल्याएको एम्बुलेन्स सेवालाई प्रभावकारी ढङ्गले संयुक्त रुपमा संचालन गर्ने गरी शुक्रबार गुठी र प्रतिष्ठानबीच सम्झौता भएको कालिका भगवति गुठीका अध्यक्ष राजु खड्काले बताए । गुठीका अध्यक्ष राजु खड्का र प्रतिष्ठानका अध्यक्ष पोषकनाथ सापकोटा बीच भएको सम्झौता अनुसार आइतबारदेखि नियमित रुपमा एम्बुलेन्स सेवा सुरु हुनेछ ।
एम्बुलेन्स संचालनका लागि गुठीले कालीका मन्दिरको मुख्य गेठ नजिक स्थायी प्रकृतिको ट्रस्ट निर्माण गर्ने बताइएको छ । आइतबारदेखि ध १ च ५२० नम्बरको एम्बुलेन्स सेवा संचालनमा आउनेछ । एम्बुलेन्को भाडा आपसी समझदारीका तोकिने प्रतिष्ठानका अध्यक्ष पोषकनाथ सापकोटाले जानकारी दिए ।
Previous Article२०७३ पौष २ गते शनिबारको राशिफल
Next Article वायु उर्जाको परिक्षण हुँदै