काठमाडौं,१ पुस – नेपाली युवा टोलीले एसीसी यू-१९ एसिया कपमा दोस्रो हार व्यहोर्यो । भारतसँग ६ विकेटको हारसँगै नेपाल प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको पनि छ । तर, यो हारका बाबजुद नेपाली त्रिकेट समर्थकहरुले यो दिनलाई आठौं नम्बरका व्याट्सम्यान रोहित पौडेलले भारतविरुद्ध बनाएको ६८ रनलाई मात्र होइन, अन्तिम ओभरमा हानेको तीन चौका र एक छक्कालाई पनि याद गरिरहनेछन् । ९८ बलको सामना गरेका उनी अविजित पनि रहे ।
रोहित पौडेल, जो श्रीलंकाविरुद्धको पहिलो खेलमा फस्ट इलाभेनमा परेका थिएनन् । तर, भारतविरुद्धको खेलमा उनले नेपालको पारीलाई सम्हालेर सम्मानजनक स्कोरमा पुर्याए । उनी मैदान प्रवेश गर्दा नेपालको स्कोर मात्र ८६ रन थियो र, आधा खेल बाँकी नै थियो । तर, रोहितले एउटा इन्डमा बसेर भारतीय बलरहरुको डटेर सामना त गरे नै, अन्तिम ओभरमा जे गरे, त्यो गज्जब थियो ।
कमलेस नगरकोटीको पहिलो बलमा कुनै पनि रन नलिएका उनले दोस्रो बलमा छक्का हाने । तेस्रो र चौथो बलमा चौका हानेका उनले पाँचौ बलमा छक्का हाने । र, छैटौं बलमा फेरि चौका हान्दै नेपालको पारी समाप्त गरे ।
Previous Articleताला खुलाउने क्रममा गुल्मीमा प्रहरी र प्रदर्शनकारीबिच झडप
Next Article बैंसको प्रेममा भर हुन्न-सरूपा