काठमाडौं, ३० मंसिर – नेपाल एसीसी यू–१९ एसिया कपमा बिहीबार श्रीलंकसँग १ रनले पराजित भएको छ । आयोजक तथा टेस्ट मान्यताप्राप्त श्रीलंकाले नेपाललाई अलआउट गर्दै १ रनले जित हासिल गरेको हो । टस जितेर नेपालले पहिला श्रीलंकालाई व्याटिङको निम्तो दिएको थियो । श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय २७ रन बनायो ।
श्रीलंकाको तर्फबाट असिता बोयागोदाले सर्वाधिक ८३ रन बनाए । उनले १ सय २ बलको सामना गरेका थिए । यसैगरी असेन बन्दराले ४८ रन बनाए । खेलमा नेपालका बलरले राम्रो प्रदर्शन गरेका थिए । नेपालका कमलसिंह ऐरीले ८ ओभर बलिङ गर्दै ३ विकेट लिए भने पवन सर्राफले २ विकेट लिए । यसैगरी २ सय २८ रनको विजय लक्ष्य पाएको नेपालले ४९ दशमलव ३ बलमा अलआउट भयो ।
नेपालले ४९ दशमलव ३ ओभरमा २ सय २६ रन बनायो । तीन बल बाँकी हुँदा नेपाललाई जितको लागि २ रनको आवश्यकता थियो । श्रीलंकाका प्रविन जयविकर्माले दीपेन्द्रसिंह ऐरीलाई एलबिडब्ल्यु धरापमा पारेसँगै नेपालको सबै विकेट सकियो । र, नेपाल जितबाट टाढा रह्यो। नेपालका तर्फबाट दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ९० रन बनाए ।
Previous Articleश्रीलंकाविरूद्धका एक्ला पहरेदार दीपेन्द्र
Next Article सरकारले १०० मेगावाटभन्दा साना जलविद्युत् नबनाउने