काठमाडौँ, २८ मंसिर- रियल मड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले लिओनल मेस्सीलाई पछि पार्दै प्रतिष्ठित बालोन डि’ओर अवार्ड जितेका छन् ।बार्सिलोनाका अर्जेन्टिनी स्टार मेस्सी दोस्रो र फ्रान्सका एन्टोनी ग्रिजम्यान तेस्रो स्थानमा रहे । फ्रान्स फुटबल म्यागजिनले प्रदान गर्ने यो अवार्डका लागि ३० फुटबलर सुरुवाति मनोनयनमा परेका थिए ।
३१ वर्षे रोनाल्डोको यो चौथो बालोन डि’ओर हो । उनले २००८, ०१३, ०१४ र यो वर्ष जिते । मेस्सीले भने गत वर्ष पाँचौपटक जितेका थिए, जसमा ०९ देखि लगातार चार वर्ष पनि छ । मैलै चौथो पटक यो सुनौलो बल जित्छु भनेर सोचेको थिइँन, म निकै खुसी छु, रोनाल्डोले भनेका छन् ।
गत वर्ष रियल मड्रिडबाट च्याम्पियन्स लिग जितेका रोनाल्डोेले पोर्चुगललाई युरो कप जिताए । यससँगै बालोन डि’ओरका लागि उनलाई प्रमुख दावेदारका रुपमा हेरिएको थियो । पछिल्लो ६ वर्ष यो अवार्ड फिफा र फ्रान्स फुटबल मिलेर प्रदान गरिएको थियो । तर, यो वर्षबाट फिफाले बर्ष खेलाडी अवार्ड प्रदान गर्ने भएको छ ।
Previous Articleकिम्फमा कमलरीको कथा ‘उर्मिला’ उत्कृष्ट
Next Article पूरै राजधानी झलमल्ल हुने बराबरको बिजुली चोरी