अमृत बास्कुने
बेनी नगरपालिका–१ रत्नेचौरमा रत्नेचौर जागरण कप भलिबल प्रतियोगित शुरु भएको छ । प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले एक कार्यक्रमका बीच भलिबल प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।
रत्नेचौर जागरण समुहका अध्यक्ष खम पुन(पुनम)को अध्यक्षतामा भएको उद्घाटन समारोहमा गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारी लगायतको उपस्थिति रहेको थियो । रत्नेचौर जागरण समूहले आयोजना गरेको खुल्ला पालिका वडा स्तरीय भलिबल प्रतियोगिताको पहिलो स्थान हासिल गर्नेले एक लाख एक हजार एक सय ११ रुपियाँ नगद सहित मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै दोश्रो स्थान हासिल गर्नेले ५१ हजार एक सय ११ रुपियाँ नगद मेडल र प्रमाणपत्र प्राप्त गर्ने रत्नेचौर जागरण समूहका पूर्व अध्यक्ष मन्नु रावलले जानकारी दिनुभयो ।
रत्नेचौर जागरण कप भलिबल प्रतियोगिताकै अवसरमा आयोजना गरिएको खुल्ला एकल नृत्य प्रतियोगितामा पहिलो स्थान हासिल गर्नेले नगद पाँच हजार रुपियाँ प्राप्त गर्नेछन् । खुल्ला छेलो प्रतियोगितामा पहिलो हुनेले नगद पाँच हजार रुपियाँका साथ प्रमाणपत्र र साफा प्राप्त गर्ने समेत रावलले जानकारी दिनुभयो । रत्नेचौर जागरण समूहले आयोजना गरेको चौथो रत्नेचौर जागरण कप माघ १९ सम्म सञ्चालन हुनेछ ।