काठमाडौं, २६ मंसिर-राष्ट्रपति विद्यादेवी भण्डारीले सबै पक्षलाई समेटेर चुनावको तयारी गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग आग्रह गरेकी छिन् ।राष्ट्रपति कार्यालय शीतलनिवासमा आइतबार भएको शिष्टाचार भेटमा प्रधानमन्त्रीले समसामयिक राजनीतिक विषयका बारेमा राष्ट्रपतिलाई जानकारी गराएको राष्ट्रपतिका सञ्चारविज्ञ माधव शर्माले बताए ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार प्रधानमन्त्रीले आफ्नो नियमित कार्यक्रमअन्तर्गत आइतबार राष्ट्रपतिलाई भेटी सबै पक्षलाई समेटेर अघि बढ्न आफू प्रयास रहेको जानकारी दिँदै त्यसकै लागि संविधान संसोधन प्रस्ताव संसद्मा दर्ता गरिएको बताए ।व्यवस्थापिका संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावको विरोधमा प्रमुख प्रतिपक्षी दल एमालेले सडक र सदनमा आन्दोलन सुरुगरेपछि राजनीतिक संकट लम्बिदै गएको छ ।
सोही विषयमा राष्ट्रपति र प्रधानमन्त्रीबीच छलफल भएको हो । छलफल एमालेले सुरु गरेको आन्दोलन र संविधान संशोधन प्रस्तावमा केन्द्रित भएको थियो । भेटमा राष्ट्रपतिले प्रधानमन्त्रीलाई जन्मदिनको शुभकामनासमेत दिएकी छिन् ।
सबै पक्षलाई समेटेर चुनावको तयारी गर्न राष्ट्रपतिको सुझाव
Previous Article७२ लाख सामाजिक सुरक्षा भत्ता फिर्ता
Next Article डिभीमा अमेरिका उड्न ठिक्क परेका एसपी विमानस्थलमा