अमृत बास्कुने
हिमाली जिल्ला म्याग्दीको तीन वटा स्थानीय तहमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पालिका स्तरीय प्रशिक्षण शुरु गरेको छ । नेकपा एमाले जिल्ला कमिटी म्याग्दीको स्कुल विभागको आयोजना तथा स्थनीय पालिका कमिटीको समन्वयमा जिल्लाका तीन वटा स्थानीय तहमा प्रशिक्षण शुरु भएको हो । पहिलो चरणमा जिल्लाको बेनी नगरपालिका, मालिका गाउँपालिका र धवलागिरी गाउँपालिकामा प्रशिक्षण सम्पन्न गरेको एमालेले दोश्रो चरणमा मंगला गाउँपालिका, रघुगंगा गाउँपालिका र अन्नपुर्ण गाउँपालिकामा प्रशिक्षण शुरु गरेको नेकपा एमाले म्याग्दीका प्रचार विभाग प्रमुख देवीप्रसाद शर्माले जानकारी दिनुभयो ।
तीन वटै पालिकाको केन्द्रमा शुक्रबार शुरु भएको प्रशिक्षण शनिबार सम्म चल्ने नेकपा एमाले म्याग्दीले जनाएको छ । बेनी नगरपालिका, मालिका गाउँपालिका र धवलागिरी गाउँपालिकामा गत पुस ५ र ६ गते प्रशिक्षण भएको र यो हप्ता तीन वटा पालिकाको पालिका स्तरीय प्रशिक्षण हुन लागेको हो । पालिका स्तरीय प्रशिक्षण पछि वडा तहमा पनि प्रशिक्षण हुने कार्यक्रम तय भएको एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले जानकारी दिनुभयो ।
रघुगंगा गाउँपालिका स्तरीय प्रशिक्षण कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माले उद्घाटन गर्नुभएको थियो । अन्नपुर्ण गाउँपालिकामा आयोजित प्रशिक्षणको नेकपा एमाले केन्द्रीय कमिटीका सदस्य भूपेन्द्रबहादुर थापा र मंगला गाउँपालिकामा आयोजित प्रशिक्षणको केन्द्रीय सदस्य नरदेवी पुनले उद्घाटन गर्नुभएको थियो ।
रघुगंगा गाउँपालिकामा शुरु भएको उक्त प्रशिक्षणमा एमाले गण्डकी प्रदेश कमिटीका अध्यक्ष शर्माले नेपालको संविधानको विशेषता र यसमा नेकपा एमाले पार्टीको भूमिका विषयमा सहजीकरण गर्नुभएको थियो । संविधान निर्माण तथा प्रमाणिकरणमा समेत आफ्नो भूमिका निर्वाह गर्नुभएका शर्माले नेकपा एमालेले संविधान निर्माणमा खेलेको भूमिका अवगत गराउँदै विभिन्न ३० भन्दा बढी दलको सहभागितामा निर्माण भएको संविधानमा जनताका आधारभूत कुराहरुलाई नै लिपिबद्ध गरिएको बताउनुभएको थियो । म्याग्दीबाट २०७० मा प्रत्यक्ष तर्फ निर्वाचित भएर संविधान जारी गर्ने समयमा संविधानमा हस्ताक्षर गर्नुभएका शर्माले नेकपा एमालेको भूमिका र जिम्मेवारीको विषयमा पनि सहजीकरण गर्नुभएको थियो । उहाँले नेकपा एमालेको मार्गदर्शक सिद्धान्त, माक्र्सवाद लेनिनबाद र जनताको बहुदलिय जनबादकोको विषयमा समेत सहजीकरण गर्नुभएको थियो । लेनिनवादी संगठनात्मक सिद्धान्त संगठन निर्माण र परिचालनका बारेमा पनि शर्माले सहजीकरण गर्नुहुने कार्यक्रम रहेको नेकपा एमाले म्याग्दीका उपाध्यक्ष प्रमोद श्रेष्ठले जानकारी दिनुभयो ।
नेकपा एमालेका गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठले नेकपा एमालेको महाधिवेशनले पारीत गरेको नीति तथा कार्यक्रमको बारेमा सहजीकरण गर्नुभएको एमाले रघुगंगा गाउँकमिटीका अध्यक्ष झलक शर्माले जानकारी दिनुभयो । त्यसैगरी नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य एवम् म्याग्दीका पूर्व अध्यक्ष देवेन्द्र केसीले पालिकाको समग्र विकासमा नेकपा एमालेको भूमिका विषयमा प्रशिक्षण दिने शर्माको भनाई छ । एमाले म्याग्दीकी सचिव थमसरा पुनले जनप्रतिनिधि र पार्टी बिचको अन्तरसम्बन्धको विषयमा शनिबार प्रशिक्षण दिनुहुने छ । एमाले गण्डकी प्रदेश सदस्य खुमबहादुर बानियाँले पार्टी कार्यकर्ताले अपनाउनु पर्ने जीवनशैली तथा अनुशासनका बारेमा सहजीकरण गर्नुभएको छ ।
मंगला गाउँपालिका स्तरीय कार्यक्रममा लेनिनबादी संगठनात्मक सिद्धान्त, संगठन निर्माण र परिचालन तथा पार्टी र जनप्रतिनिधि बीचको अन्तरसम्बन्ध विषयमा एमाले केन्द्रीय सदस्य नरदेवी पुनले सहजीकरण गर्नुभएको छ । उहाँले नेपालको संविधानको विषेशता र यसमा एमालेको भूमिका विषयमा पनि सहजीकरण गर्नुभएको छ । पालिकाको समग्र विकासमा नेकपा एमालेको भूमिका विषयमा नेकपा एमालेका उपसचिव सतप्रसाद रोका, महाधिवेशनद्वारा पारित नीति तथा कार्यक्रमका विषयमा नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठ, नेपालको राजनीतिक दलहरुको तुलनात्मक अध्ययन विषयमा गण्डकी प्रदेश सदस्य सृजना केसीले सहजीकरण गर्नुभएको छ । नेकपा एमाले म्याग्दीका पूर्व उपसचिब राजकुमार थापाले पार्टी निर्माण्णमा सूचना प्रविधिको विषयमा शनिबार सहजीकरण गर्ने कार्यक्रम रहेको छ । त्यस्तै स्थानीय तहमा पार्टी काममा समस्या र समाधानका विषयमा नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले प्रशिक्षण दिनुभएको छ ।
त्यस्तै अन्नपुर्ण गाउँपालिका स्तरीय प्रशिक्षण कार्यक्रममा केन्द्रीय सदस्य भुपेन्द्रबहादुर थापाले महाधिवेशनले पारित गरेका नीति तथा कार्यक्रम र मार्गदर्शक सिद्धान्त माक्र्सवाद लेनिनबाद र जनताको बहुदलिय जनबाद विषयमा सहजीकरण गर्नुभएको छ । एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले स्थानीय तहमा पार्टी कामका समस्या र समाधान एवम् लेनिनबादी संगथनात्मक सिद्धान्त, संगठन निर्माण र परिचालन विषयमा सहजीकरण गर्ने कार्यक्रम तय भएको नेकपा एमाले अन्नपुर्ण गाउँ कमिटीका अध्यक्ष पुर्जाले जानकारी दिनुभयो । नेपालको संविधानको विषेषता र यसमा पार्टीको भूमिका विषयमा हेमकुमारी गर्बुजा, पालिकाको समग्र विकासमा नेकपा एमालेको भूमिका विषयमा अन्नपुर्ण गाउँपालिकाका निर्वाचित अध्यक्ष भारतकुमार पुन, पार्टी कार्यकर्ताले अपनाउनु पर्ने जीवनशैली तथा अनुशासन विषयमा निर्वाचित उपाध्यक्ष दिवा कुमारी तिलिजा पुन र जनप्रतिनिधि त पार्टी बिचको अन्तरसम्बन्धका विषयमा एमाले म्याग्दीका निवर्तमान अध्यक्ष देवेन्द्र केसीले सहजीकरण गर्नुहुने छ ।
नेकपा एमाले म्याग्दीले तीन दिने जिल्ला स्टरीय प्रशिक्षण कार्यक्रम सम्पन्न गरेपछि स्थानियतहमा प्रशिक्षण सुरु गरेको हो । प्रशिक्षणमा सहभागी, आयोजक र प्रशिक्षकका लागि पनि निर्देशिका तथा नियम बनाएरै प्रशिक्षण सुरु गरेको एमाले म्याग्दीका प्रचार विभाग प्रमुख देवीप्रसाद(डिपी) शर्माले जानकारी दिनुभयो । आयोजकले व्यवस्थापनमा धयान दिनु पर्ने तथा प्रशिक्षकले आफ्नो तोकिएको समय अक्षरस पालना गरेर अगाडी बढ्न पर्ने निर्देशनात्मक नियम बनाएको छ । आयोजकले व्यवस्थापन गरेका भैतिक आवश्यकताहरु प्रयोग गर्ने र सर्वसुलभ तथा कम खर्चीलो खाना तथा बासको प्रयोग गर्नु पर्ने समेत एमालेले जनाएको छ । जिल्ला स्तरीय प्रशिक्षण पछि थालिएको पालिका स्तरीय प्रशिक्षण पछि वडा र टोल तह सम्म प्रशिक्षणलाई लैजाने एमालेले जनाएको छ ।
रघुगंगा मंगला र अन्नपुर्ण गाउँपालिकामा एमालेको प्रशिक्षण शुरु
Previous Articleकेन्द्रीय कमिटी बैठक यही पुस २१ र २२ गते काठमाडौंमा बस्ने
Next Article अनेमसंघ मंगलाको अध्यक्षमा सरस्वती भट्टराई