पाठशालामा खाद्यन्न र लत्ताकपडा वितरण
बागलुङ, २२ मंसिर – व्यवस्थापिका संसद सदस्य एवं बागलुङ क्षेत्र २ का सासंद प्रकाश शर्मा पौडेलले खेलकुदको विकासको लागि विशेष किसिमको अक्षयकोष बनाउनु पर्नेमा जोड दिएका छन् । स्वर्गीय सभासद हरिबहादुर खड्काको स्मृतिमा आयोजित दोस्रो हरि खड्का स्मृति कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै सांसद पौडेलले स्व. खड्काको स्मृतिमा स्थायी कोष खडा गर्नुपर्ने बताएका हुन् । सांसद पौडेलले खेलकुदको माध्यमबाट युवाहरुको व्यक्तित्व विकासका लागि सवैको सहकार्य आवश्यक रहेको बताएका थिए । उनले स्व. खड्काको विचार र सपनालाई साकार पार्न सबै लाग्नुपर्ने कुरामा जोड दिए । बागलुङ क्षेत्र नम्वर १ की सासंद एंव स्वर्गीय खड्काकी श्रीमती चम्पादेवी खड्काले पतिको स्मृतिमा अक्षय कोष निर्माण गर्न आफू लागि परेको बताइन । उनले देखाएको र सिकाएको नेपाली कांग्रेसको नेतृत्व, विकास र जिम्मेवारितालाई अहिलेको नेपाली कांग्रेसको पुस्ताले कायम राख्न रहेको उल्लेख गर्दै खड्काले यसो गर्न सकेमा मात्र उहाँ प्रतिको सच्चा समर्पण हुने बताइन । सो अवसरमा नेपाली कांग्रेसका पूर्व सभापती हरिप्रसाद श्रेष्ठ, पार्टी सचिव नवराज पौडेल, नेपाल महिला संघकी अध्यक्ष शकुन्तला शर्मा लगायतले स्व. खड्काले तत्कालीन समयमा जिल्लामा नेपाली काङग्रेसको नेतृत्व, सवलीकरणमा पु¥याएको योगदान, जिल्लाको विकास, जनताको समस्या, युवा सशक्तिकरण लगायतका क्षेत्रमा पु¥याउनु भएको योगदानको स्मरण गर्दै शुभकामना मन्तव्य व्यक्त गरेका थिए । हरि खड्का स्मृती कप राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजक समितीका संयोजक रामु खड्काको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रमको स्वागत नेपाल विद्यार्थी संघ बागलुङका अध्यक्ष खड्क थापा र संचालन सचिव नरेन्द्र कंडेलले गरेका थिए । यसैबिच नेपाली कांग्रेसका तत्कालीन सचिव एवं सभासद स्वर्गीय हरिबहादुर खड्काको दोश्रो स्मृति दिवसको अवसरमा बानपा–१० कुँडुलेमा अवस्थित संस्कृत पाठशालामा खाद्यान्न तथा लत्ताकपडा वितरण गरिएको छ । नेपाली कांग्रेस बागलुङ क्षेत्र नं १ को आयोजनामा संस्कृत पाठशाला वेद विद्याश्रममा रहेका विद्यार्थीहरुलाई सो सामग्री हस्तान्तरण गरिएको हो । हस्तान्तरण कार्यक्रमको अवसरमा बोल्दै बागलुङ क्षेत्र नं १ का सांसद चम्पादेवी खड्काले आफ्नो श्रीमानको सपना र अभिभारा पूरा गर्नका लागि निरन्तर लागि पर्ने बताइन । स्वर्गिय खड्काकी पत्नी समेत रहेकी खड्काले श्रीमानले पाएको माया र जनताले आफुलाई गरेको विश्वासले सधै जिम्मेवार भएर लाग्न प्रेरित गरेको बताइन । कार्यक्रममा नेपाली कांग्रेस बागलुङका पूर्व सभापतिद्वय हरिप्रसाद श्रेष्ठ, मणिभद्र शर्मा कंडेल, स्वामी ऋषिप्रपन्नाचार्य, नेपाली कांग्रेस बागलुङ नगरपालिका– १० कुँडुलेका सभापति भोलानाथ आचार्य, सर्वसिद्धिधाम पञ्चकोटका सह–अध्यक्ष नगेन्द्रराज शर्मा लगायतले खड्काले पार्टीलाई पु¥याएको योगदानको चर्चा गरेका थिए । कार्यक्रम नेपाली कांग्रेस बागलुङ क्षेत्र नं १ का सभापति चिरञ्जीवी गौतमको अध्यक्षता, उपसभापति शिवप्रसाद कंडेलको स्वागत र सदस्य राजु के.सी.को सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा विद्यालयमा रहेको वैदिक बटुकहरुले स्वस्ति वाचन गरेका थिए ।
Previous Article२२ मंसिर २०७३, ढोरपाटन दैनिक
Next Article २०७३ मंसिर २२ गते बुधबारको राशिफल