अन्जु शर्मा
“भाउजू ! तपाईं यहाँ ?सरमको पनि हेक्का गर्नुपर्ने हो !”ज्वाइ रन्थनिएर बोले।
“ज्वाइ राजाले सरमको ठेक्का नलिने ,म मात्रै कसरी लिउं?”
शशिकलाले ओठे जबाफ फिराइन्।
माघ महिनाको चिसो सिरेटो थामिनसक्नु छ। काठमाडौं खाल्डो हुस्सुले पूर्ण रूपमा अपरिचित झैं भएको छ। मान्छेहरू कम्बलमा लपेटिएर हिटर र आगोको नजिक झुमिएका छन्। तर शशिकला भने एउटा पातलो टिसर्टमा तारे होटेलको बालकनीमा यौनको उष्णतामा आफैंलाई नङ्गियाउन आतुर देखिन्छिन् । करिब चालिस हाराहारीकि शशिकला संग अझै कसिलो शरिरिक सुगठन र गोरो वर्ण छ। त्यसमा पनि सुन्दर मेकअपमा उनी पूर्णिमाको चाँद जस्तै देखिएकी छन्।
बालकनीको एकछेउमा हातेकुर्सीमा उनी कसैको प्रतिक्षारत छिन्।प्रतिक्षाकै दौडाहामा उनी सलकपुर पुग्छिन्।मात्रै बाह्र बर्षकी थिइन।सुबेदारको छोरा नरेश संग माया बस्यो ।माया बसेको तीन महिना नहुँदै भागेर मन्दिरमा गइ सिंदुर भरे।भगवानलाई साक्षी राखेर भरेको माग कहिले रित्तो हुने छैन ।उनिहरू गर्विलो भएर नरेशको घर गए।सुबेदार पनि रसिक थिए ।कलिलो उमेर भए पनि सुन्दर बुहारीलाई ससम्मान भित्र्याए।सुबेदार त के गाउँका जोकोहीलाई नमुना भएकी थिइन् शशिकला।”भाग्य दिने कर्म हर्ने” पढ्ने लेख्ने काम बन्द गरेर,घरको कामकाजमा लिप्त हुँदै गर्दा उनी सत्र बर्षकी भइछन्।छिमेकी जेठानीले बच्चा काखमा लिएको देख्दा उनलेे पनि मलाई पनि बच्चा खेलाउन रहर लागेको छ भनेर श्रीमान संग भनेकी थिइन् ।”धत् लाटी!बच्चा त पैसा कमाए पछि मात्रै जन्माउनु पर्छ,अहिले त हाँसखेलको समय हो “भनेर नरेशले भन्दा कस्तो ननिको लागेको थियो ।
होटलको गार्डेनमा एक जोडी पर्यटक देखिए।सायद बिदेशी होलान् ।गोरो वर्ण र अग्लो कद, हेर्दा यूरोप अमेरिकी जस्तो लाग्छ।मोरामोरी के साह्रो छिलिएका।संवेदनशिल अंगभित्र हात हाल्दै किस पनि कति गर्न सकेका हुन् छ्या!!तर शशिकला त्यो दृश्यले आफैभित्र सिरिङ्गसिरिङग भैरहेकी थिइन्।सलकपुर माइती भएपनि उनलाई माइती पक्षले त्यागी सके।उनका श्रीमान पाहाडतिर बसाइँ सरे।सुबेदारको पुर्खौली घर पाहाड भएको र शितल भएको कारण सुबेदारलाई पाहाड निकै रमाइलो लाग्थ्यो ।तर शशिकला भने पाहाडमा हिड्न समेत जान्दिनथिन्।जीवन यात्रा भनेजस्तो सजिलो कहाँ छ र?यता धरानमा जागिरे भएका नरेशले आफ्नै उमेरकी जागिरे केटीलिएर दशैंमा घर आए।त्यस्तो माया गर्ने श्रीमानले यस्तो गर्लान् उनलाई सोच्न कठिन हुँदै गर्दा श्रीमानले माफी मागे।संका विश्वासमा बदलियो।पाहाडको उकाली ओराली भन्दा कयौं कठिन यात्रा अब शुरू भयो ।उनले सौता भए पनि बच्चा भने जन्माइन्।जेठी कान्छी पालैपालो सुत्केरी हुन्थे ।
तारे होटलको बालकनीबाट उनका आँखा पर गुलाफको झाँङ्ममा गएर ठोकिए।एकजोडी पुतली गुलाफको फूल चुस्दै ह्रासलिला रच्दै थिए ।अर्को नजिकैको घन्टेफूलमा एउटा भमरा आएर बस्यो ।घन्टेफूलले आफू भित्र समाहित गर्न होला पत्रहरू जोडिदै छुटिदै थिए ।उसै समय पानीको फोहरा माथि सम्म उठ्यो ।त्यहीँ मौकामा भमरा फूलबाट फुत्त भाग्यो।शशिकलाले श्रीमानलाई भमरा जस्तै देखिन्।अनि आकाश नियालिन सबै धुम्म भैसकेको थियो ।
त्यो दिन ;जब कान्छीले ठूलो ब्याग श्रीमानलाई बोक्न दिदै भनी “दस बजे एयरपोर्ट टाइम छ।भोलि रातको एकबजे अमेरिकाको अर्को फ्लाइट छ,समयमै पुग्नुपर्छ ।”शशिकलाको कान्छो छोरा बाबा भन्दै रोयो।शशिकलाको मन अमिलो भयो ।उनलेे छोरा काखमा लिदै सौता बाहिरएकोमा खुशी ब्यक्त गरिन्।दुर्भाग्य लोग्ने बाहिरीएकोमा भने मन गरूङ्गो भयो ।फाटेको भए पनि छत्री त हो नि!सौता संगै हिड्ने ,बस्ने भए पनि नरेशले शशिकलालाई गाली भने कहिले गर्दैन थे।लामो समय बिदेश बसेर केही दिनको लागि नरेश नेपाल आए।शशिकलालाई पटक्कै रिस उठेन।उनलाई कताकता नरेशलाई छुन र उनी संग बोल्न मन लाग्थ्यो ।तर नरेश यो कुरामा खासै ध्यान दिदैन थे।नरेश कान्छीको काखमा बस्न पाउने भएर होला नि!उनको मन खुम्चियो।उनी आफ्नो कोठामा छिरिन तर आज निद्रा लाग्दै लागेन।केवल नरेशको तातोपना मात्र आइरह्यो।उनी ओल्टोकोल्टो फिरिन्।अर्को कोठाबाट लोग्ने र सौता छिलिएको आवाज आयो ।घरेलुु हिंसा मध्येको सबैभन्दा ठूलो हिंसा यौन कुण्ठा पनि हो ।उनलेे निचोड निकालिन्।
बालकनीबाट उनी क्याबिनतर्फ अगाडि बढिन्।क्याबिनमा राखिएको एकोरियममा रङ्गिबिरङ्गी माछाहरूले ग्राहकलाई मोहित गर्दै थिए ।होटलको रूमबाट डाइनिङहल तिर धेरैजसो बिदेशी गेष्टहरू आ-आफ्ना गर्लफ्रेण्ड र श्रीमती संग आलिङ्गनमा बेरिएर आए।उनको शरीर अकस्मात बाफिए जस्तो भयो ।उफ!कस्तो गर्मी !गाला ताता र राता भए ।जुरुक्क उठेर बालकनी तिर गइन्। मनमनै सोचिन -जीवन त यिनीहरूले जिउन जानेका छन्।यतिकैमा परबाट एकजोडी नेपाली देखिए।पहिले त ठम्याउन गाह्रो भयो ।तर यथार्थ त्यहीँ नै थियो ।शशिकलाकी साथी थिइन् ती महिला ।बुढो बिदेश गएको मौका पारेर आइछ।लोग्ने मान्छेले जे गर्दा पनि हुने हामीले भने कुण्ठित भएर किन जीवन बिताउने ?त्यसैले मत बूढो बिदेश गएको बेला कहिले काँही तारे होटल र मसाज केन्द्र तिर जानेगर्छु ।तँ पनि हिड्।तँलाई त लोग्नेले माया हैन धोका दिएको छ भनेर उक्साउने यहीँ त हो ।म नदेखिने गरि पछाडि फर्केर चियो गरे।त्यो लोग्ने मान्छे त मेरा ससुराको साथी पो रहेछन् ।मातिएकाहरू !
“मेडम! चिया ,कफी के लिनुहुन्छ?” वेटरले नरम भाषामा सोध्यो ।
” रेड वाइन” ।
वेटर मुसुक्क हाँस्यो।कति राम्रो छ मोरो।बाईस/तेइसको लक्का जवान।म उपट्टि निकै आकर्षित भएं।उ लजाए झैं बारतर्फ अगाडि बढ्यो ।केही क्षणमा उसले वाइन लिएर आयो ।म वाइनको चुस्की लिदै उसको प्रतिक्षामा थिएं।रातको नौ बजिसकेछ।बल्ल फोन आयो ।”डियर आज मिटिङले ढिला भयो ।एकघण्टामा आइपुग्छु।”
घरका स्वास्नीलाई ठग्न गाह्राे हुँदो हो नि ।त्यसैले त बाहानाको चाङ हुन्छ यिनीहरू संग।मपनि भात खानका खाँचाले हो र?उहीँ जवानीको तिर्खा मेट्न आएकी न हुँ।मन शान्त पारें।अर्को एक गिलास थपें।बिस्तारै मलाई मात लाग्दै थियो ।त्यहीँ मौकामा ज्वाईंलाई कोही अपरिचित केटी संग देखें।
मोबाइलमा घण्टी बज्यो ।साथीको रहेछ।”यो बेला सम्म होटलमै छेस्?”
मैले भावुक हुँदै उत्तर दिएं-“दुर्भाग्य आज ज्वाइ संग जम्का भेटभयो।अब परिवारमा मुख कसरी देखाउने?”
” यस्ता नाथे कुराको पनि चिन्ता गर्छन् ।हाम्रो भन्दा उनिहरूको इच्जत धरापमा छ।त्यसैले उनिहरू आफै चुप हुन्छन् ।
साथीको कुराले मन हलुँगो भयो ।मैले ज्वाइको कसिलो अंगालोको अनुभुती गरें।क्या हेण्डसम हुनुहुन्छ!नन्द पनि मलाई सौता झैं लाग्यो ।ज्वाइको सुगन्ध मेरो शरीरभरि दौडियो।म बेडरूम तर्फ अगाडि बढें।ढोका माथि गौंथलीको गुण थियो क्यार।चिरबिर गरि गौंथली कराउँदै थिए ।वहाँले ढोका ड्याम्म पार्नुभयो।
रूमबाट पर गार्डेनमा बरफ बाक्लो गिर्न थालेको थियो ।वहाँले मेरो बोटिसको खिप खोल्न थाल्नुभयो ।मलाई अचानक पसिना आए।रक्सीको नसा भन्दा धेरै कडा रहेछ यो नसा।सुस्तरि मेरा आँखा खुल्दै गए ।सायद नसा उत्रिसकेको थियो।म पछाडि फर्के। हैट!उनी त कान्छा ससुराका छोरा देवर पो रहेछन्।