राजेशचन्द्र राजभण्डारी
साँच्चै नाम अनुसारको काम गरेर कुलमान घिसिङले सबैलाई देखाई दिएका छन् । अख्तियार प्रमुख लोकमानसिंह कार्की सधै चर्चामा रहे तर, उनी सधैभरि नकारात्मक रूपमा चर्चामा आए । कुलमान चाहि अध्यारो राजधानीलाई उज्यालो बनाएर चर्चामा आए । अहिले सबैभन्दा बढी चर्चा नेपालमा कसैको छभने नेपाल बिद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङकै छ । सरकारले उनलाई बिद्युत प्राधिकरणको जिम्मेवारी दिएपछि उनले देशको राजधानीलाई लोडसेडिङ मुक्त बनाएका छन् ।
दैनिक १६ घण्टासम्म लोडसेडिङको मारमा परेका राजधानीका बासिन्दालाई यतिबेला लोडसेडिङबाट मुक्त गरेर देखाइ दिएपछि उनको चर्चा हुनु स्वभाबिक हो । अहिले लोडसेडिङ हटाउने काम भएपछि धेरै कुरा बाहिर आउन थालेको छ । उज्यालो राजधानीलाई अध्यारो बनाई उज्यालोको ब्यापार गर्न पल्किएका दलाल र कमिसन खोरहरूको चलखेल र चरित्र पनि बिस्तारै पर्दाफास हुँदै गएको छ । दशै तिहारमा नेपालको उद्योगधन्दा कलकारखाना बन्द भएको बेला मात्रै लोडसेडिङ नहुने गरेको थियो । तर अहिले त्यो कुरालाई चिरेर कुलमान घिसिङले राजधानीमा २४ घण्टा बत्ती बालेर झलमल पारिदिएपछि राजधानीबासी खुशी भएका छन् ।
आफुसँग भएको बिजुली लुकाएर इन्भटर सोलार जेनेरेटरको व्यापार गर्दै आएका ब्यापारी ब्यबसायीलाई भने अहिले ठूलो धक्का लागेको छ । अस्पतालदेखि सञ्चार गृहसम्मले चर्काे लोडसेडिङको मार खेप्नु प¥यो । टेलिभिजन र एफएम रेडियो पत्रपत्रिका सबैभन्दा बढी प्रभावित भएको पनि बर्ष भयो । डिजेल र पेट्रोल किनेर जेनेरेटर चलाउन नसकेर कतिपय सञ्चार माध्यम बन्द भए । आर्थिक रूपले कमजोर बन्दै गएको समयमा लोडसेडिङको अन्त्यपछि भने ठूलो राहत मिलेको छ । सरकारीदेखि निजी हस्पिटलहरूमा बिद्युत आपुर्ति नहुँदा सयौं बिरामीले सास्ती ब्यहोर्न परेको थियो नै जेनेरेटर नभएको अस्पतालको हालत कुरा गरेर साध्य छैन् । अहिले कुलमानले साँच्चिकै एउटा नयाँ जागरण ल्याएका छन् । दिनहुँ लोडसेडिङको अध्यारोमा बस्ने बानी परेका राजधानीबासीलाई ठुलो गुण लगाएका छन् । नेपालको राजधानी समेत अध्यारो छ सुरक्षित छैन भन्ने जुन सन्देश नेपालभरि मात्रै होइन बिदेशमा समेत नकारात्मक रूपमा गैरहेको समयमा अहिले कुलमानको कामले राम्रो आशा देखिन थालेको छ । आफ्नो गाउँदेखि शहर र राजधानी अध्यारो पारेर लुटको खेतीगरी गरी कमिशन र पैसा कमाउने धन्दा गर्ने अपराधीलाई जुनसुकै सजाय दिएपनि कमि नै हुन्छ । नेपालीमा एउटा उखान छ ‘खरानी चाहियो भनेर आफ्नो घरमा आगो लगाउने’ भनेझै अहिले जसरी भएपनि पैसा कमाउने हुन त ठग र चलाखहरूले नेत्रहिन देशमा पनि चश्मा बेच्न पछि पर्दैन । टाउकोमा कपाल नभएका तालु खुइलेहरूलाई काइयो बेच्न पछि पर्दैन भनेझै अहिले त लोडसेडिङको नाममा उज्यालोको ब्यापार गर्नेहरूको ब्यापारमा भने अबश्य पनि केही कमि आउने नै छ । फेरि कुलमानलाई हटाउने अनेक किसिमको खेल अबश्य पनि चल्ने छ । नेपाल आयल निगमले राजधानीमा गर्ने डिजेल पेट्रोलको ब्यापारमा अबश्य कमि आउने छ । अनावश्यक रूपमा बिक्रीवितरण हुँदै आएको पेट्रोल डिजेल मात्रै रोकिन पुगे पनि राजधानी थप राहत मिल्ने छ । साँच्चै मन दिएर देश र जनताको पक्षमा काम गर्छु भन्ने अठोट लिने होभने अबश्य परिवर्तन हुँदो रहेछ । जुन ब्यक्तिको योग्यता क्षमता अनुसार उसलाई काम गर्ने जिम्मेवारी दिनुपर्ने रहेछ भन्ने उदाहरण हो कुलमान ।
कुलमानबिरूद्ध नेपाल बिद्युत प्राधिकरणकै कर्मचारी आन्दोलनमा उत्रने र उनलाई कार्य कक्षमै थुन्ने लगायतका हल्ला पनि बजारमा नआएको हैन तरपनि कुलमान आफ्नो उज्यालो यात्रालाई अघि बढाएर राजधानीलाई उज्यालो बनाई छोड्ने अठोट कायमै राखेका छन् । अहिले देशको राजधानी झलमल भएको छ । लोडसेडिङको तालिका हेरेर वाक्क भएका जनताहरू अचम्मित भएका छन् । के साँच्चिकै लोडसेडिङ अबदेखि नहुने नै हो त ? भनी ढुक्क हुन भने सकेका छैनन् । कुलमानलाई फेरि असफल बनाउने खेल र षड्यन्त्र भने अध्यारो कुनामा जारी रहनेछ । बदमासी गर्ने र षड्यन्त्र गर्ने दलाल तथा भ्रष्ट नेता कर्मचारी र ब्यापारी त्यसै चुपचाप लागेर बस्ने छैनन् । अब राजधानीबासी जनता सचेत हुनैपर्छ हिजोका दिनमा के कारणले लोडसेडिङ भयो भन्ने पुरै तथ्यांक कुलमान घिसिङले सारा दुनियाँ समक्ष दिएर स्पष्ट पारेको अबस्था छ ।
अहिलेको सरकारले अरू राम्रो काम केही गर्न नसके पनि नेपाल बिद्युत प्राधिकरणमा सक्षम ब्यक्तिलाई स्थान दिएर राम्रो काम गरेको मान्नुपर्छ । हो हामीले साँच्चिकै राम्रो मान्छे चिन्न सके र उसलाई काम गर्न दिएमा राम्रो परिणाम निस्कन सक्ने रहेछ । जानजान देशलाई अध्यारो दिशातर्फ धकेल्ने अपराधीलाई जुनसुकै सजाय दिएपनि कम हुन्छ । उत्तर कोरियामा भएको भए यस्ता अपराधीलाई गोली ठोकेर मारिने थियो तर बिडम्बनाको कुरा अहिले देशको राजनीतिदेखि अर्थतन्त्र सबै यस्तै दलाल र ठगहरूकै बोलबाला छ । हाम्रो सांसद, मन्त्रीदेखि प्रधानमन्त्रीसम्म सबै यिनीहरू कै इसारामा चल्छन् भन्ने कुरा अब सामान्य भै सक्यो । जलस्रोतको धनी देश नेपालमा थुप्रै बिद्युत उत्पादन हुँदैछ । लगानीकर्ता समेत भित्रीरहेको छन् तर हामीसँग भएको बिजुली लुकाएर जनतालाई अध्यारोमा राखेर लोडसेडिङको ब्यापार गर्नेहरू कै कारण देशमा उद्योगधन्दा समेत प्रभावित भएको छ । नेपालमा जे कुरा पनि ठिक छैन भनेर देखाउन सफल माफियाको खेल पनि अहिले छर्लङ्ग देखिएको छ ।
हिजो उर्जामन्त्री गोकर्ण बिष्टले केही सुधार गर्न खोजेकै हुन् तर यो कुरा उनलाई थाहा भएको भए अहिले हुने लोडसेडिङको अन्त्य भै सक्ने थियो । बिजुली नहुँदा हजारौं बालबालिका पढ्नबाट बन्चित भए । राती खाना समेत अन्ध्यारोमा खान बाध्य भएका थिए । घरमा इन्भटर र सोलार राख्न नसक्ने गरिब जनता बिद्युतको मासिक रकम बुझाएर पनि अध्यारोमा बस्न बाध्य बनेका थिए । यही लोडसेडिङको बेला चोरीडकैती देखि अपराधका घटना घटेका थिए । अहिले राजधानी मात्रै होइन देशको अन्य शहरी क्षेत्रमा समेत लोडसेडिङ कम हुँदै गएको छ । पहिलो चरणमा राजधानीमा लोडसेडिङ हटाउने र पछि क्रमिक रूपमा जिल्ला–जिल्लामा घटाउने योजना जुन बनाएका छन् यसलाई सकारात्मक रूपमा लिन जरुरी छ ।
अब योजनाबद्ध रूपमा बिद्युत उत्पादन तिब्र गतिमा गरि देशैभरि लोडसेडिङ नहुने अबस्थामा पु¥याउनु पर्छ । कुलमानको कामलाई सबैले साथ दिनुपर्छ । उनले आफ्नो कुलको मात्रै होइन देशकै मान राखेर देखाएका छन् । जस्तो नाम उस्तै काम । तर फेरि कुलमान घिसिङलाई असफल बनाई देशमा पुन लोडसेडिङको धन्दा गर्ने गिरोह नेपाल द्यिधुत प्राधिकरण भित्र भएको कुरा फेरि बाहिर आएको छ । जसले आफ्नो सिमित फाइदाका लागि देश र जनतामाथि कुठाराघाट गरिरहेको छ । त्यस्ता अपराधीलाई भबिष्यमा सबै काम कुरामा अयोग्य घोषणा गरि बर्खास्त गर्ने हिम्मत सरकारले गरेर देखाउन सक्नुपर्छ । कुलमानले शुरूवात गरेको यात्रा रोक्नु हँुदैन । नेपाली जनताको साथ र समर्थन उनलाई छ ।