युवा ज्यो. सूर्य पौडेल
मेष– आफन्तजनसँग भेटघाट, खर्चका बाटाहरु लभ्बियर जाने, नयाँ ठाउँको लगानी शुभ ।
बृषः सोचेजतिका कार्यहरु विध्न, शुभ समाचार सुन्न पाइने, आफन्तबाटै घात प्रतिघात ।
मिथुनः आशा गरेको ठाउँबाट काम नबन्ने, व्यापारमा नोक्सानी, सातान्तमा आर्थिक लाभ ।
कर्कटः स्वास्थ्यमा अनायासै प्रतिकूलता, छोराछोरीसँगै वादविवाद पर्ने, थालेका कार्यले गति लिन नसक्ने ।
सिंहः मनमा शान्ति हुने, स्वास्थ्यले साथ नदिने, आशा गरेको ठाउँबाट असहयोग हुने ।
कन्याः प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन, थालेका कार्य सफलतान्मुख, विवादमा फसिने ।
तुलाः मानसिक अशान्ति, यत्रतत्र यश कीर्ति फैलने, सातान्तमा मनमा राहत मिल्ने ।
वृश्चिकः स्वजनसँग वैचारिक द्वन्द्व हुने, यात्रामा विध्नबाधा सहनुपर्ने, घरमा नवीन चहलपहल छाउने ।
धनुः अर्थलाभसँगै कार्यसिद्धिको योग, अशुभ समाचार सुन्नुपर्ने, मनमा उदासता छाउने ।
मकरः आर्थिक कारोबारमा क्षति, मनमा प्रसन्नताको बहार छाउने, सातान्तमा अनपेक्षित खबर प्राप्त ।
कुम्भः मान सम्मानमा वृद्धि, मानसिक असन्तोष हुने, आरोग्यतामा वृद्धि हुने ।
मिनः नसोचेको ठाउँबाट धननाश, पारिवारिक साथ सहयोग प्राप्त, आँखामा कष्ट ।