बागलुङ, २० मंसिर – जिल्लाको धम्जा गाविसस्थित युनिक प्राविमा निर्मित सरस्वती मन्दिरको उद्घाटन गरिएको छ । धम्जा–४ फलामखानी निवासी लालबहादुर बिक र तिलमती बिकका छोराबुहारी बिष्णुकुमार बिक र मायादेवी बिकको सहयोगमा निर्मित मन्दिरको उद्घाटन गरिएको हो ।
३ लाख ५० हजारको लागतमा मन्दिरको भिमापोखरा स्रोत केन्द्रका स्रोतव्यक्ति श्रीप्रसाद न्यौपाने र सहयोगदाता बिष्णुकुमार बिककी आमा तिलमती बिकले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । सो अवसरमा बोल्दै स्रोतव्यक्ति न्यौपानेले बिद्यालयको हरेक क्षेत्रको बिकासका लागि समुदायको महत्पूर्ण भुमिका हुने बताए ।
उनले बिक परिवारले मन्दिर निर्माण गरेर पुण्यको काम गरेको बताए । कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष खिमबहादुर बिकले लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष यामबहादुर रोकाको अध्यक्षता, प्रधानाध्यापक भिमबहादुर हमालको स्वागत र शिक्षक मनोजकुमार बिकको संचालनमा सम्पन्न भएको थियो ।
सो अवसरमा आयोजित प्रावि स्तरीय हाजिरीजवाफ प्रतियोगितामा शिवालय आधारभुत बिद्यालय भिमापोखरा–९ सिम प्रथम, जनप्रिय प्रावि धम्जा–१ ओखले द्धितीय र युनिक प्रावि धम्जा–४ तृतीय भएका थिए । प्रतियोगितामा ५ बिद्यालयको सहभागीता रहेको शिक्षक मनोज बिकले बताए ।