अमृत बास्कुने
उत्तरी म्याग्दीको अन्नपुर्ण गाउँपालिकाले आर्थिक वर्ष २०७९÷०८० को पोषण कार्यक्रमको समिक्षा गर्नुका साथै योजना तयारी गोष्टी गरेको छ ।
गाउँपालिकाको कार्यालयमा आयोजित पालिका स्तरीय समिक्षा तथा कार्ययोजना तयारी गोष्ठीमा पालिका भित्रका सबै स्वास्थ्य संस्थाहरुले आ–आफ्नो वार्षिक कार्यक्रम प्रस्तुत गरेका थिए । गत आर्थिक वर्षको वार्षिक कार्यक्रम प्रस्तुत गर्नुका साथै चालु आर्थिक वर्षको कार्ययोजना समेत तयारी गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख समुन्द्र बरुवालले बताउनुभयो ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकता राखेर अगाडी बढ्नु पर्नेमा जोड दिनुभएको थियो । उहाँले गाउँपालिकामा हुनै कुनै पनि स्वास्थ्य समस्यालाई नियन्त्रण मात्रै नभएर निर्मुल पार्नुपर्नेमा जोड दिनुभयो ।
प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदीले स्वास्थ्यको क्षेत्रमा जनताहरु सँग हातेमालो गर्दै स्वस्थ गाउँपालिका निर्माणमा सबैले योगदाान गर्नुपर्नेमा सचेत गराउनुभएको थियो ।