नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीको पहिलो अधिवेशनबाट अध्यक्षमा म्याग्दीको मालिका गाउँपालिका बिमका नवराज शर्मा विजयी हुनुभएको छ । बिहीबार राती सार्वजनिक भएको मत परिणामअनुसार अध्यक्षका अर्का प्रतिस्पर्धी लमजुङका मायानाथ अधिकारी भन्दा एक सय ६६ मतान्तरले अगाडी हुँदै उहाँ विजयी हुनुभएको हो ।
शर्माले पाँच सय ३१ मत ल्याउँदा अधिकारीले तीन सय ६५ प्राप्त गर्नुभयो । म्याग्दीका शर्मा यसअघि २०७८ देखि प्रदेश कमिटीमा अध्यक्ष हुनुहुन्थ्यो । यस्तै पाँच सय ३४ मतसहित उपाध्यक्षमा मीनप्रसाद गुरुङ विजयी हुनुभयो भने उपाध्यक्षका अर्का उम्मेदवार बाबुराम सुनारले तीन सय ७२ मत प्राप्त गर्नुभयो । सचिवमा धनञ्जय दवाडीले पाँच सय २० ल्याएर विजयी हुँदा उहाँका प्रतिस्पर्धी रश्मी आचार्यले तीन सय ६७ मत पाएको प्रमुख निर्वाचन अधिकृत सुरेन्द्र थापामगरले जानकारी दिनुभयो ।
उपसचिवमा चार सय ९९ मतसहित दामबहादुर विक विजयी हुँदा उहाँका प्रतिस्पर्धी सन्तोष रावलले तीन सय ९७ मत प्राप्त गर्नुभयो । उपसचिव महिलातर्फ पाँच सय ३१ मत ल्याएर मञ्जु गुरुङ विजयी हुनुभयो भने उहाँका प्रतिस्पर्धी मीना गुरुङले तीन सय ६५ मत प्राप्त गर्नुभयो ।
बिहीबार भएको मतदानमा कुल नौ सय सात प्रतिनिधिमध्ये आठ सय ९६ जनाले मतदान गरेको प्रमुख निर्वाचन अधिकृत थापामगरले जानकारी दिनुभयो । अधिवेशनबाट पाँच पदाधिकारीसहित विभिन्न ‘७२ कलस्टर’बाट एक सय ६५ उम्मेदवार निर्वाचित भएका छन् ।
अध्यक्षमा बिजयी हुनुभएका नवराज शर्मा को हुनुहुन्छ?
पश्चिम म्याग्दीको मालिका गाउँपालिका बिमामा जन्मनु भएका नवराज शर्मा म्याग्दीको राजनैतिक क्षेत्रमा 2040 को दशकदेखिनै निकै सक्रिय हुनुहुन्छ । सरल जीवनशैली तथा राजनैतिक रुपमा प्रष्ट बिचार राख्न सक्ने शर्मालाइ कार्यकर्ताले पनि निकै रुचाउँछन् । पार्टीको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनबादको बिषयमा प्रष्ट बिचार राख्ने शर्माले मदन भण्डारीले प्रस्ताब गरेको जबजलाइ केपी शर्मा ओलीले शमर्थन गर्दै पार्टीको मुल सिध्दान्त बनेको भन्नेमा प्रष्ट हुनुहुन्छ । नेकपा एमाले पार्टीका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीका निकट मानिनु हुने शर्मा सँधै जनताको हित र पार्टीको मुल मर्मलाइ आत्मसात गर्दै अगाडी बढ्ने नेताका रुमा चिनिनुहुन्छ ।
जहाँनिया पञ्चायती व्यवस्थाविरुद्ध शंखघोष गरेर भूमिगत राजनीति गरेको तत्कालनिन मालेका कार्यकर्ताका रुपमा उदाउनुभएका शर्माले विद्यार्थी राजनीतिबाट नेपाली राजनीतिमा पाइला हाल्नुभएको थियो । पहिलो पटक 2041 सालमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)मा आबद्ध हुनुभएको थियो । शर्मा 2042 सालमा अनेरास्ववियुको राष्ट्रिय सम्मेलनमा म्याग्दीबाट प्रतिनिधित्व गर्दै सहभागी हुनुभयो । साथै शर्मा 2042 देखि 2054 सम्म अनेरास्ववियुको जिल्ला अध्यक्ष, धौलागिरी अञ्चल सदस्य र कोषाध्यक्ष सम्मको पदिय जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।
पञ्चायत विरुद्धको भूमिगत अवस्था अनि विद्यार्थी राजनीतिबाट निखारीदै आउनुभएका शर्मा २०५४ सालमा जिल्ला विकास समिति म्याग्दीको सभापति हुनुभयो । त्यसैगरी २०४४ सालमा तत्कालीन मालेको पार्टी सदस्य बन्नुभयो । त्यस्तै २०४५ सालमा पार्टीको पूर्ण सदस्यता प्राप्त गर्नुभएका शर्माले २०४५ सालमा नेकपा माले जिल्ला संगठन कमिटी म्याग्दीको सदस्य बन्नुभयो ।
शर्माले धौलागिरी अञ्चलका म्याग्दी मुस्ताङ र बागलुङ जिल्लामा पूर्णकालीन कार्यकर्ताका रुपमा लामो समय सक्रियता पुर्वक पार्टीले दिएको जिम्मेवारी पुरा गर्नुभएको थियो । नेकपा एमाले गण्डकी प्रदेश कमिटीका वर्तमान अध्यक्षा शर्मालाइ २०४५ सालमा २ पटक म्याग्दीमा गिरफ्तार गरेको थियो भने २०६२/०६३ को जनआन्दोलनका क्रममा बागलुङबाट पक्राउ गरेकोमा बन्दी प्रत्यक्षिकरणको रिट मार्फत २८ दिन पछि अदालतको आदेश पछि रिहा हुनुभएको थियो ।
2054 सालमा जिल्ला विकास समितिको सभापति हुनुभएका शर्मा 2070 सालको संविधानसभा निर्वाचनमा म्याग्दीबाट निर्वाचित हुनुभएको थियो । नवराज शर्मा सामाजिक तथा राजनैतिक क्षत्रमा हर समय निकै सक्रिय हुनुहुन्छ ।
कोको आए त गण्डकी प्रदेश कमिटिमा?
त्यसैगरी प्रदेश सदस्य खुल्ला तर्फ डा.बुद्धिमान श्रेष्ठ, प्रजापति पराजुली, श्याम राज महत, दिपक तामाङ, गोपेन्द्र केशरी न्यौपाने, गोविन्द बस्नेत, मित्रलाल बस्याल, सिंहबहादुर थापा, शिवप्रसाद सापकोटा, देवेन्द्रकुमार गुरुङ, इ.ओम शर्मा, नारायणप्रसाद तिमिल्सिना, खुमबहादुर बानियाँ, समबहादुर गुरुङ, लिलाधर पौडेल, कृष्ण पाठक, धनबहादुर नेपाली, सञ्जय श्रेष्ठ, महेन्द्रकुमार श्रेष्ठ, छत्रराज पौडेल, खुमप्रसाद सुवेदी र रघुनाथ भण्डारी निर्वाचित भएका छन् । प्रदेश महिला सदस्यमा उमा कोइराला, देवी थापा, देवका पहारी, ममता देवी शर्मा उपाध्याय, जगनकुमारी गुरुङ, भिमा अधिकारी, खिमा पाण्डे, खरमायाँ बिटालु, तारामायाँ थापा, सुमिता शेर्पा र ज्योती तामाङ रहनुभएको छ । प्रदेश दलित महिला तर्फ प्रेमदेवी परियार, जुनादेवी नेपाली, धनमायाँ बिश्वकर्मा, गोमाकुमारी नेपाली, कमला सुनार हुनुहुन्छ । अपाङ्गता तर्फ अन्जना केसी बिजयी हुनुभयो । प्रदेश युवा सदस्य तर्फ बिष्णु पुन, हिरालाल बिश्वकर्मा, प्रदिप थापामगर, अर्जुन पौडेल, भरतमान गुरुङ, कृष्णराज पौडेल, प्रमेश गुरुङ, बिद्रोही गिरी, अर्जुन अधिकारी, रामबहादुर थापा बिजय हुनुभएको छ भने महिला युवा सदस्यमा सुरक्षा लामिछाने, सृजना केसी, सुष्मा पौडेल, अन्जु केसी र छविकला पाण्डेले जित हासील गर्नुभएको छ । मजदुर तर्फ बिष्णुबहादुर क्षेत्री, रुद्रबहादुर खत्री, सैलेश लामिछाने र महिला तर्फ संगिता पाण्डे बिजयी हुनुभयो । प्रदेश खुला समावेसी तर्फ आदिवासी जनजाति खुल्लामा खमबहादुर पुन, नरवहादुर थापामगर, असोक छन्त्याल, हुमबहादुर गुरुङ, बुद्धिमान गुरुङ र होमबहादुर थापा रहेका छन् । आदीवासी जनजाति महिला तर्फ निर्मला थापा, जोगमायाँ महतो र खगिसरा थापामगर प्रदेश कमिटिमा पुगेका छन् । अल्पसंख्यक तर्फ खुल्लामा रंजित कुमाल र उडडिमबहादुर छन्त्याल बिजयी हुँदै गर्दा महिला तर्फ भने सुनकुमारी भुजेल निर्विरोध दचयन हुनुभयो । मुस्लिम तर्फ नासिर खाँ बिजयी हुनुभयो । त्यस्तै संघिय निर्वाचनक्षेत्र भुगोल तर्फ कास्की-१ बाट टिकाराम पंगेनी, कास्की -2 बाट चन्द्रबहादुर रोकाहा, कास्की -३ बाट बिष्णुबहादुर केसी बिजयी हुनुभयो । गोरखा-१ बाट टिकानारायण श्रेष्ठ, गोरखा-2 बाट हरिप्रसाद काफ्ले, तनहुँ-१ बाट प्रेम राना, तनहुँ-२ बाट कमल ढकाल, नवलपुर-१ बाट बिष्णुप्रसाद भुसाल, नवलपुर-२ बाट सूर्यप्रसाद पाण्डे, पर्वतबाट शान्त पौडेल, बागलुङ-१ बाट तिला राना, बागलुङ-२ बाट टंकप्रसाद शर्मा पौडेल, मनाङबाट चिन घले, मुस्ताङबाट इन्द्रधारा बिष्ट, म्याग्दीबाट हरिकृष्ण श्रेष्ठ, लमजुङबाट मोहनहरि पौडेल, स्याङ्जा-१ बाट रामबहादुर थापा, स्याङजा-2बाट खिमबहादुर थापा निर्वाचित भएका छन् ।
त्यस्तैगरी जिल्ला भुगोल खुल्ला तर्फ कास्कीबाट दिलिपबिक्रम शाही, जगन्नाथ बास्तोला, बसन्त बराल, संजिब बहादुर कोइराला, जिल्ला भुगोल महिला तर्फसगुन गुरुङ, काशीमायाँ गुरुङ, जानुका अधिकारी, शुशिला पौडेल पराजुली, दलित तर्फ मिमबहादुर बिश्वकर्मा निर्वाचित भएका छन् ।
त्यसैगरी गोरखाबाट निर्वाचित ६ जनामा भुगोल खुल्ला गोपाल पाण्डे र हरि भट्ट, महिला मिना बराम र लुना थापा तथा दलितमा तिर्थबहादुर नेपाली रहेका छन् ।
तनहुँबाट निर्वाचित हुने ६ जनामा भुगोल खुल्ला तर्फ मेखबहादुर थापा, रामबहादुर गुरुङ, महिला तर्फ कृष्णकुमारी श्रेष्ठ, देवु बिष्ट र रत्नदेवी घिमिरे एवम् दलित तर्फ बाबुराम सुनार बिजयी हुनुभएको छ ।
नवलपुर जिल्लाबाट निर्वाचित ७ जना मध्य खुल्ला भुगोल तर्फ भीमलाल अधिकारी, टंकमणी शर्मा र तिलप्रसाद काफ्ले एवम् महिला तर्फ सरस्वती पंथ, बिन्दा गैह्रे र देउकला बराल एवम् दलित तर्फ कृष्णबहादुर बिके रहेका छन् ।
भुगोल पर्वत जिल्लाबाट खुल्लामा कमलप्रसाद भुसाल, प्रेमप्रसाद पौडेल र लालबहादुर अधिकारी महिला तर्फ यामकुमारी राना, शारदाकुमारी शर्मा र हिरादेवी शर्मा एवम् दलित तर्फ बाबुराम बिकले बिजय हासिल गरेका छन् ।
बागलुङ जिल्लाबाट ६ जना निर्वाचित हुने जिल्ला तर्फ भुगोलमा डिल्लीराज गौतम, सुनिल शेरचन र ध्रुबबहादुर केसी महिला तर्फ गिता शर्मा र मञ्जु शर्मा चालिसे एवम् दलित तर्फ बाबुराम नेपाली रहेका छन् । मनाङमा भुगोल तर्फ पेम्बा घले र दलितमा शान्तामायाँ परियार चयन भएका छन् । मुस्ताङमा भुगोल तर्फ खुल्लाहेमेन्द्र शेरचन महिला शर्मिला गुरुङ र दलितमा तिलक बिक निर्विरोध चयन भएका छन् । म्याग्दीमा भुगोल तर्फ किरण सापकोटा महिला तर्फ मुना बानियाँ र हेमकुमारी गर्बुजा एवम् दलित तर्फ पुस्कर बिक चयन भएका छन् ।
स्याङ्जामा ७ जना निर्वाचित हुने जिल्ला भुगोल तर्फ उदय श्रेष्ठ, मोती पौडेल, हुमबहादुर गुरुङ, महिला तर्फ इश्वरी सिग्देल अर्याल, देवीसरा थापा, सरस्वती देवी भट्टराइ र दलित तर्फ कुलबहादुर बिक रहेका छन् । लमजुङमा ५ जना निर्वाचितमा खुल्ला प्रेमबहादुर घले, फुलबहादुर थापा, महिला तर्फ लक्ष्मी अधिकारी र बिष्णुमायाँ राना एवम् दलित तर्फ नन्दराम बिश्वकर्मा गण्डकी प्रदेश कमिटिमा चयन भएका छन् ।
त्यसैगरी लेखा समितिको अध्यक्षमा अमृतप्रसाद ज्ञवाली, उपाध्यक्षमा शिवहरी पौडेल, सचिवमा बिरबहादुर बिश्वकर्मा र सदस्यहरुमा चेतबहादुर गुरुङ, ऋषि केसी, महिला सदस्यमा मञ्जु केसी र रेखा पौडेल चयन भएका छन् ।
एमाले गण्डकी प्रदेशको अध्यक्षमा म्याग्दीका नवराज शर्मा विजयी(प्रदेश कमिटिका सबैको नामावली सहित)
Previous Articleमाउण्टमा बृहत स्वास्थ्य परीक्षण–२०८० सम्पन्न
Next Article ढोरपाटनमा विदेशी सिकारी