बागलुङ, १८ मंसिर – तत्कालिन सभासद स्व. हरिबहादुर खड्काको स्मृतिमा दोस्रो हरि खड्का स्मृति कप टि—२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।
खड्काको स्मृतिमा मंसिर २१ देखि २९ गतेसम्म पश्चिमाञ्चकै ठूलो पुरस्कार राशी भएको राष्ट्रिय स्तरको टि–२० क्रिकेट प्रतियोगिताको हुन लागेको हो । आयोजना गर्न लागिएको हरि खड्का स्मृति कप राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजक समितिका अध्यक्ष रामु खड्काले बताए ।
बानपा—१ रामरेखास्थ्ति बाङ्गेचौर खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा देशभरका १६ समूहको सहभागिता रहने आयोजक समितिका अध्यक्ष रामु खड्काले जानकारी दिए ।
गतवर्ष नेपाल विद्यार्थी संघ बागलुङले सञ्चालन गरेको प्रतियोगितालाई नै निरन्तरता दिने उनको भनाई छ । प्रतियोगितालाई राजनीतिक रङबाट टाढा राख्न र सबैको अपनत्व महशुस गराउन अहिले नेविसंघले कार्यक्रमको आयोजना नगरी व्यवस्थापनमा मात्र सघाउने नेविसंघ बागलुङका अध्यक्ष खडक थापाले बताए ।
प्रतियोगितामा प्रथम हुनेलाई नगद ५५ हजार ५ सय ५५ तथा द्वितीय हुनेलाई ३३ हजार ३ सय ३३ रुपैयाँ मेडल र प्रमाणत्र पुरस्कारको व्यवस्था गरिने आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्नका लागि विभीन्न क्षेत्रसंग समन्वय गरी आर्थिक सहयोग जुटाउने अभियान थालिएको आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्नका लागि करिब तीन लाख खर्च लाग्ने बताईएको छ ।
खड्का दोस्रो संविधानसभा निर्वाचन २०७० मा बागलुङ क्षेत्र नम्बर १ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । नेपाली काँग्रेस बागलुङका तत्कालिन सचिव समेत रहेका खड्का बलेवा जाने क्रममा २०७१ मंसिर १७ गते सडक दुर्घटनामा परेका थिए । उनको दुर्घटना भएको चार दिनपछि उपचारका क्रममा काठमाडौंमा निधन भएको थियो ।
Previous Articleसंशोधन पास गर्न मोर्चाका खतरा छन शर्तहरु
Next Article २०७३ मंसिर १८ गते शनिबारको राशिफल