पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनमा रहेको छोरेपाटन वचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारण सभा विहिबार सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष रवि रमण तिवारील उद्घाटन गरेका थिए भने पोखरा वडा नं. २२ का अध्यक्ष हिमलाल वराल, पोखरा १७ की वडा सदस्य विष्णु कुमारी भुजेल, शेयर सदस्य कर्णबहादुर थापा, निलगिरी वचत तथा ऋण सहकारीका अध्यक्ष लेखनाथ बराल (गोपी), सल्लाहकार देवीप्रसाद वस्याल, सहकारी विज्ञ दिपक प्रकाश आचार्यलगायतले सहकारीको काम, कर्तव्य, जिम्मेवारी तथा अधिकार, निति नियम सम्बन्धमा प्रकाश पार्दै शुभकामना मन्तव्य दिएका थिए ।
साधारण सभामा प्रशिक्षक भक्तराज रसाईलीले शेयर सदस्यहरुलाई संस्थागत विकास सम्बन्धि प्रशिक्षण दिएका थिए भने अध्यक्ष रविन्द्रराज बरालको वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष दिलबहादुर बरालको आर्थिक प्रतिवेदन, लेखा समितिका संयोजक चिन्तामणि शर्माको प्रतिवेदन प्रस्तुत तथा पारित गरिएको थियो ।
साथै सोही अवसरमा सचिव पदमा सहसचिव रामप्रसाद नेपाललाई र सहसचिव पदमा इश्वर भट्टराईलाई सर्वसम्मत मनोनित गरिएको थियो ।
संस्थाका अध्यक्ष रविन्द्रराज बरालले पारस्परिक सम्बन्ध स्थापना गरी न्युनतम जिवनयापन तथा आर्थिक आवश्यकता पुरा गर्ने उद्धेश्यले २०६४ सालमा सहकारी स्थापना भएको वताउँदै विषम परिस्थितिका वावजुत पनि सहकारीको मूल्य मान्यता र सिद्धान्तको आधारमा प्रचलित सहकारी ऐनको मार्ग निर्देशनलाई आत्मासात गर्दै सहयोग र सद्भाव कायम राख्दै शेयर सदस्यहरुलाई सेवा दिइएको वताए ।
सो अवसरमा जेष्ठ शेयर सदस्य चिन्तामणि शर्मा पौडेल, असल वचत कर्ताहरु देविप्रसाद वस्याल, लिला पौडेल र बसुन्धरा शर्मा पौडेल, असल कारोबार कर्ताहरु बलबहादुर केसी र दिलकुमारी पौडेल, विद्यार्थीहरु सुदिक्षा बराल, सन्जिब खत्री, प्रकृति पौडेल, विन पोख्रेल र प्रेमप्रसाद पौडेललाई सम्मान पत्रद्धारा सम्मानित गरिएको थियो ।
संस्थाका अध्यक्ष रवीन्द्रराज वरालको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा उपसमितिका सदस्य प्रेमप्रसाद पौडेलले स्वागत र संयोजक ज्ञानेश्वर सुवेदीले संचालन गरेका थिए ।