उत्तरी म्याग्दीको अन्नपुर्ण गाउँपालिकाको स्वास्थ्य शाखाले आर्थिक वर्ष २०७९–०८० मा गरेको कामहरुको वार्षिक समिक्षा गरेको छ ।
गाउँपालिकाको केन्द्र पोखरेबगरमा दुई दिन सम्म सञ्चालित कार्यक्रममा गाउँपालिका भित्र भए गरेका गतिबिधिको बिस्तृत छलफल गर्नुका साथै चालु वर्षका लागि थप व्यवस्थीत तबरले काम गर्ने प्रतिबद्धता जनाइएको थियो । गाउँपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको समिक्षा कार्यक्रममा गाउँपालिका अध्यक्ष भारतकुमार पुन, प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदी, स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख भुवन ठकुराठी लगायतले आफ्नो बिचार व्यक्त गर्नुभएको थियो ।
स्वास्थ्य शाखा प्रमुख समुन्द्र बरुवालले स्वास्थ्य कार्यक्रमको बारेमा जानकारी गराउनुका साथै स्वास्थ्यचौकीहरुबाट प्रदान भएका सेवाहरुको बारेमा पनि जानकारी गराउनुभएको थियो । पालिका स्तरीय वार्षिक समिक्षा गाउँपालिका भित्रका सबै स्वास्थ्य संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रमकै अवसरमा स्वास्थ्य कार्यालय म्याग्दीमा भर्खरै सरुवा भएर आउनु भएका कार्यालय प्रमुख ठकुराठीलाई स्वागत गरीएको थियो ।