नेपाल निजामती कर्मचारी युनियन स्थापना दिवसको अवसर पारेर गलेश्वरधाम जेष्ठ नागरिक आश्रममा रहेका जेष्ठ नागरिकलाई फलफुल बितरण गरिएको छ ।
गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीको प्रमुख आतिथ्यतामा भएको फलफुल बितरण कार्यक्रममा बोल्दै युनियनका अध्यक्ष कृष्णप्रसाद रिजालले स्थापना दिवसका अवसरमा केही फरक काम गरौं भनेर शिवालयमा रहेका जेष्ठ नागरिकहरुलाई फलफुल बितरण गरिएको बताउनुभयो । उहाँले मुलुकका कर्णधारका अभिभावकहरु आफै आश्रममा बस्नु भएकोले उहाँहरुको साथमा पुगेर युनियनको स्थापना दिवस मनाउनु सकारात्मक हुने सोचसाथ यहाँ आएका हौं उहाँले भन्नुभयो ।
गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले परिवार भन्दा टाढा रहेका तथा परिवारै नभएकाहरको आश्रय स्थल जेष्ठ नागरिक आश्रममा सहयोग गर्नु पुष्यको काम भएको बताउनुभयो । उहाँले आश्रममा आश्रय लिइरहेका जेष्ठ नागरिकहरुका आफन्त भएका र नभएकाहरु पनि आश्रय लिने ठाउँ हुँदै गर्दा त्यहाँका जेष्ठ नागरिकहरुलाई सामान्य भए पनि साथ दिउँ भन्ने उद्देश्य राखेर गरेको काम सर्हानिय रहेको भन्नुभयो ।
कार्यक्रम नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष कृष्णप्रसाद रिजालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सुमन सुवेदीले गर्नुभएको थियो । कार्यक्रममा आश्रमकी सचिव सिता चोखाल, युनियनका पूर्व अध्यक्ष ज्ञान गिरीलगायत युनियनका जिल्ला कार्यसमितिका पदाधिकारीको उपस्थिति रहेको थियो ।