काठमाडौं,१६ मंसिर-लोकमान विरुद्धको मुद्धाको सुनुवाइ आगामी पुस ७ गतेका लागि सरेको छ । सर्वोच्च अदालतका न्यायाधीशहरु जगदीश शर्मा पौडेल, इश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको पूर्ण इजलासले आगामी पुस ७ गते मुद्धा सार्न नमिल्ने गरी पेशी तोक्न आदेश दिएको हो ।
लोकमानको पक्षबाट बहस गर्ने कानुन व्यवसायी बालकृष्ण नेउपानेले आफू विरामी भएको कारण देखाइ बिहीबारको सुनुवाइ सार्न अदालतमा निवेदन दिएका थिए । लोकमान र उनका समर्थक विरुद्धका सातवटा मुद्धा सर्वोच्च अदालतमा विचारधीन छन् ।
लोकमान विरुद्धको मुद्धाको सुनुवाइ पुस ७ गते
Previous Articleसंशोधनले उब्जाएको परिस्थिति
Next Article संशोधनको विरोध गर्दै एमालेद्वारा संसद अवरुद्ध