पोर्चुगल लिस्वन
नेकपा एमालेले चलाएको मिसन ग्रासरुट अभियान अन्तर्गत प्रवासी नेपाली मञ्च पोर्चुगलमा सम्पन्न भएको छ । यस ग्रासरुट अभियान सफलताका साथ सम्पन्न गर्न नेकपा एमालेलाई माया गर्ने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिवहिनी र प्रवासी नेपाली मञ्चमा आवद्ध सदस्यहरुले साथ दिनुभएको थियो । यस क्रममा अन्य राजनीतिक पार्टीका भातृ संगठन परित्याग गरि प्रवासी नेपाली मञ्चमा आवद्ध हुनुभएको छ ।
नेकपा एमालेमा प्रवेशको लहर विदेशमा पनि चलेको छ । नेपाली जनप्रगतिशिल मञ्चका प्रबिन वस्ती लगायत जनसम्पर्क समितिका धेरै युवाहरूले देशको विकास गर्ने भनेकै नेकपा एमालेले मात्रै हो भन्दै नेपाली प्रवासी मञ्चमा प्रवेश गर्नुभएको हो ।
। कार्यक्रममा प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समन्वयका अध्यक्ष सञ्जय थापाले कार्यक्रमको प्रमुख आतिथ्यता गर्नुभएको थियो । भर्चुअलमाध्यम प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका उप-सचिव चानक पोख्रेलको समेत भर्चुल माध्यम मार्फत आफ्ना बिचारहरुलाई भने प्रस्तुत गर्नुभएको थियो
थापाले मिसन ग्रासरुट अभियानलाई अन्तर्राष्ट्रिय रुपमा प्रवासी नेपाली मञ्चले प्रबासमा हरेक देशहरु र महादेशहरुमा छिट्टै नै सफलताका साथ सम्पन्न गराउने बताउनुभयो । यस ग्रासरुट अभियानलाई सफल तुल्याउन अहोरात्र खट्नुहुने सम्पुर्ण पोर्चुलका राष्ट्रिय कमिटी पदाधिकारी सदस्यहरु शुभचिन्तकहरुलाई प्रमुख अतिथि थापाले धन्यवाद समेत दिनु भएको थियो।
उक्त कार्यक्रम प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी अध्यक्ष राजाराम लामिछानेको अध्यक्षता र सचिव दिपक खत्रीले गरेको कार्यक्रमको स्वागत मन्तव्य शान्ति अधिकारी पोखरेलले गर्नु भएको थियो
उक्त अवसरमा पोर्चुगलका युवाहरू अन्य संघ–संस्थाबाट प्रवासी नेपाली मञ्च प्रवेश गरेका थिए । उनीहरूलाई अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष संजय थापाले अविर खादा लगाएर स्वागत गरेका ईरुप्सेलाई प्रवासी नेपाली मञ्च पोर्चुगलका सचिव दिपक खत्रीले जानकारी दिएका थियो सचिव खत्रीले ईरुप्से सँग कुरा गर्दै भन्नु भो विभिन्न संघ-संस्थाबाट प्रवेश गरि आउने नव आगन्तुकहरुको उर्जावान समयलाई सहकार्य गरि आगामी दिनहरुमा अगाडी बढ्ने कुरा समेत जानकारी गराएका छन।