बागलुङ, १५ मंसिर – नेपाली सेनाको अर्जुनवाण गणले विकटका जनतालाई स्वास्थ्य सेवा घरआँगनमै पु¥याउने उदेश्यले बोबाङमा स्वास्थ्य शिविर सम्पन्न गरेको छ । जाडो छल्न ढोरपाटनबाट बोबाङको बेसी झरेका स्थानियलाई मध्येनजर गर्दैै आयोजित शिविरबाट विभिन्न रोगका ३ सय ८० जना बिरामी लाभान्वित भएका छन् ।
शिविरमा बालबालिका, वृद्ववृद्वा तथा स्त्री रोग, आँखा र दाँतासँग सम्बन्धित रोगको उपचार गरिएको थियो । बालबालिकामा कान पाक्ने, घाउ खटिरा लगाएतका समस्या देखिएको अर्जुनवाण गणको स्वास्थ्य परीक्षण टोलीले जनाएको छ । विषेशगरी महिलाहरुमा पाठेघर सम्बन्धी समस्या देखिएको छ ।
शिवीरमा जाँच गरिएका अधिकांश महिलामा तल्लो पेट दुख्ने, सेतोपानी बग्ने लगाएतका समस्या देखिएको शिविरमा सहभागी धौलागिरी अञ्चल अस्पतालका डा. प्रविण पाण्डेले बताए । स्वास्थ्य र सरसफाई सम्बन्धी ज्ञानको अभाव, उच्च जन्मदर, असुरक्षित यौन क्रियाकलापको कारण महिलाहरुमा धेरै समस्या देखिएको डा. पाण्डेले बताए ।
डा. पाण्डेका अनुसार, वृद्वाहरुमा दम, खोकी तथा आँखामा मोतिया बिन्दुको समस्या देखिएको छ । अस्वस्थ्यकर आहारबिहार तथा घरायशी उपचारमा मात्र केन्द्रित हुँदा वृद्वाहरुमा बढि समस्या देखिएको नेपाली सेना नं. २३ फिएका डा. राहुलजंग रायमाझीले बताए ।
विद्यार्थी उमेरमा दुर्लभ मानिने मोतीयबिन्दु समेत स्थानीय एक विद्यार्थीमा भेटिएको शिवीरमा सहभागी नेपाल नेत्र ज्योती संघ तथा आँखा उपचार केन्द्र उपल्लाचौरका दिवार पौडेलले बताए । शिविरमा २१ जनाको मोतीयाबिन्दुको अप्रेशन गर्नुपर्ने बिरामी भेटिएको पौडेलले बताए ।
शिविरमा ७५ जनाको दाँत झिक्ने तथा भरिएको थियो । शिविरमा प्रयोगशाला सेवाहरु उपलव्ध गराउनुका साथै बिरामीलाई आवश्यक सम्पुर्ण औषधि निशुल्क वितरण गरिएको थियो ।
सदरमुकामबाट टाढासँगै स्वास्थ्य सेवाबाट बञ्चित स्थानीयहरुलाई राहात पु¥याउनका लागि शिवीर आयोजना गरिएको अर्जुन वाण गणका गणपति कर्नेल अच्युतम भण्डारीले बताए । शिविर सञ्चालनका लागि बागलुङमा रहेका विभिन्न सरोकारवाला निकायको समेत सहयोग रहेको थियो ।
शिविरका अवसरमा बोबाङ–२ स्थीत ज्ञानोदय उमावीका विद्यार्थीहरुलाई स्वास्थ्य शिक्षा प्रदान गरिनुका साथै शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरिएको थियो ।
Previous Article१५ मंसिर २०७३, ढोरपाटन दैनिक
Next Article संविधान संशोधनविरुद्ध एमालेले संसद् चल्न नदिने