काठमाडौं, १४ मंसिर- संविधान संशोधनको विधेयकलाई मन्त्रिपरिषद्को बैठकले पारित गरेको छ। सिंहदरबारमा बेलुका अबेर सुरु भएको बैठकले विधेयक पारित गरेको हो। अब यसलाई केही बेरमै संसद् सचिवालयमा दर्ता गराइने छ। विधेयक दर्ताका लागि संसद्का कर्मचारीलाई समेत बेलुका अबेरसम्म कार्यलय खुलै राख्न लगाइएको छ।
मधेसी मोर्चासहितको गठबन्धनले राखेका मागहरुलाई सम्बोधन गर्नका लागि सरकारले विधेयक ल्याउन लागेको हो।संविधान संशोधनमा प्रदेशको सीमांकन, नागरिकता, भाषा र राष्ट्रिय सभामा प्रतिनिधित्व गरी चारवटा विषयमा संशोधन गर्न लागिएको छ ।
सरकारले प्रमुख प्रतिपक्षी एमालेलाई समेत सहमतिमा ल्याएर विधेयक दर्ता गराउने प्रयास गरेको थियो तर एमाले संविधान संशोधनका पक्षमा सहमत हुन नसकेपछि सरकारले संशोधन दर्ता गराएर सहमतिका लागि पहल गर्ने रणनीतिअनुसार विधेयक दर्ता गराउन सरकार अघि बढेको हो।
सरकारद्वारा संविधान संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय
Previous Article३४ वर्ष पढाएर रित्तै फर्कदै भारतीय शिक्षक
Next Article विमान दुर्घटनामा ब्राजिली फुटबलर सहित ७६ को मृत्यु