काठमाडौं, १४ मंसिर-उत्कृष्ट सेल्फी क्यामेरा तथा अत्याधुनिक प्रविधि सुसज्जित फोनका रुपमा विशेष परिचित ओप्पो डिएस प्रालिले आफ्नो स्मार्टफोन मोडल ‘ए३७’को नयाँ मूल्यको घोषणा गरेको छ । कम्पनीका अनुसार अब उपभोक्ताले ५ इञ्च आईपीएस डिस्प्लेसहितको ओप्पो ‘ए३७’ २० हजार ४ सय ९० मा खरिद गर्न सकिनेछ । कम्पनीले फोनको पछिल्लो मूल्य २२ हजार ६ सय ९० मा २ हजार २ सय रुपैयाँ कटौती गर्दै नयाँ मूल्यमा फोन उपलब्ध गराएको हो ।
५ मेगापिक्सेल क्षमताको फ्रण्ट फेसिङ क्यामेरा सहितको ‘ए३७’मा अटो फोकस सुविधा सहितको ८ मेगा पिक्सेल क्षमताको रियर क्यामेरा उपलब्ध गरिएको छ । फोनमा कम्पनीले २ जीबी र्याम र १६ जीबी रोमको ब्यवस्था गरेको छ । अतिरिक्त सञ्चय क्षमताको आवश्यता परेमा प्रयोगकर्ताले फोनमा एसडी कार्डको माध्यमबाट १ सय २८ जीबी सम्म सञ्चय क्षमता बढाउन सकिने ब्यवस्था गरिएको छ ।
एण्ड्रोइडमा आधारित कलर ओएस ३.० सहितको फोनमा कम्पनीले २ हजार ६ सय ३० एमएएच क्षमताको ब्याट्री जडान गरेको छ । मेटालिक यूनिबडी सहित आकर्षक डिजाइनमा उपलब्ध यो फोन यूवा पुस्ता माझ अहिले ब्यापक लोकपि्रय रहेको छ ।
Previous Articleसीमांकन हेरफेर तयारीविरुद्ध सर्वोच्चमा रिट
Next Article मृत्यु बोकेर बाँच्न सिकाउँदै बमकला