समानुपातिक सांसदबारे निर्णय गर्न आज नेकपा एमाले सचिवालय बैठक बस्ने भएको छ ।
पार्टी कार्यालय च्यासलमा आज दिउँसो १ः०० बजे बस्ने बैठकमा समानुपातिकतर्फका सांसदको छनोट, निर्वाचन समीक्षालगायतका विषयमा छलफल गरिने एमालेका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।
निर्वाचन आयोगले बुधवार राजनीतिक दललाई पत्र पठाउँदै समानुपातिकतर्फको सांसदको नाम पठाउन निर्देशन दिएको थियो ।
एमालेले प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनमा ४४ सिट र समानुपातिकतर्फ ३४ सिट प्राप्त गरेको छ ।