म्याग्दीको बेनीमा आयोजित महिला राष्ट्रिय भलिबल प्रतियोगितामा गण्डकी प्रदेशले सुदुर पश्चिम प्रदेशलाई सोझो सेटमा पराजित गरेको छ ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बेनीस्थित खेल मैदानमा आयोजित प्रतियोगितामा गण्डकीले सुदुर पश्चिमलाई २५–१८, २५–८ र २५–२२ को सेटमा पराजित गरेको थियो । बिहीबार उदघाटनसँगै एक खेल मात्रै आयोजना गरिएको थियो । शुक्रबार तीन खेल हुने छ । प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले गरेका थिए ।