बागलुङ, ९ मंसिर – जिल्लाको बोबाङ गाविसमा एक व्यक्तिले ढुंगाले हानेर एक जनाको हत्या गरेका छन्। मदिरा सेवन गरेका बोबाङ-९ का लोचन विकले हानेको ढुंगाले लागेर बोबाङ-७ का ४७ वर्षीय चक्रबहादुर विकको ज्यान गएको हो।
बुधबार पसलबाट चामल बोकेर घर जाँदै गरेका विकलाई वडा नम्बर-९ फल्लेघरमा कुराकानी गर्ने क्रममा विवाद भएपछि लोचनले अचानक ढुंगा हानेको स्थानीय वीरबहादुर विश्वकर्माले जानकारी दिए। ढुंगा हान्ने लोचनलाई प्रहरीले पक्राउ गरेको ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिए।
Previous Articleअन्तरजातीय विवाहले निम्त्याएको विनु पुलामीको मृत्यु
Next Article म्याग्दीमा चालकसहित जीप बेपत्ता