वीरगन्ज, ९ मंसिर – राष्ट्रपति विद्यादेवी भण्डारी वीरगञ्ज आएकै समयमा बिहीबार बिहान पर्सा प्रहरीले एक कुख्यात अपराधीलाई अत्याधुनिक हतियारसहित पक्राउ गरेको छ । योग विज्ञान शिविर र पतञ्जली आर्युवेद उद्योगको उद्घाटन गर्न राष्ट्रपति भण्डारी वीरगन्ज अाएकै दिन प्रहरीले अत्याधुनिक हतियारसहित भारतीय अपराधी पक्राउ गरेको हो ।
हत्या, बलत्कार र चोरीको गाडी खरिद बिक्री जस्ता अपराधिक क्रियाकलापमा संलग्न भारतीय अपराधी पक्राउ परेका हुन् । भारत बिहार पूर्वी चम्पारण जिल्लाको ढाका सिकन्दरापुरको फेनाहरा घर भएका ३७ बर्षीय महम्मद समीम अख्तरलाई प्रहरीले वीरगन्जको पानीटंकी टोबलाट पक्राउ गरेको हो ।
मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौडाले दिएको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले अख्तरलाइ वीरगन्जको पानीटंकी टोलबाट हतियारसहित पक्राउ गरेको हो ।
उनको साथबाट स्वचालित पेस्तोल एक थान, गोली १८ राउण्ड, म्याग्जीन दुई थान, कटुवा पेस्तोल एक थान, त्यसमा लाग्ने गोली पाँच राउण्ड, खैरो हेरोइन १९ ग्राम, लागु औषध स्पास्मो पोक्ससीभोन क्याप्सुल १६ थान बरामद भएको छ ।
मोबाइल सेट ६ थान, नेपाली सीम कार्ड पाँच थान, भारती सिम कार्ड नौ थान, छुट्टा-छुट्टै नाम तर फोटो एकै व्याक्तिको भएको भारतीय निर्वाचन आयोगको कार्ड तीन थान, भारतीय चार पाङग्रे गाडीको खाली ब्लु बुक चार थान, एउटै व्याक्तिको फरक फरक नाम राखेर बनाइएको भारतीय सवारी साधन चालक अनुमति पत्र चार थान, भारतीय सवारी साधनको ब्लु बुक पाँच थान, स्मार्ट लाइसेन्स एक थान, ब्लुक बुक चार थान, भारतीय स्टेट बैंकको एटिएम कार्ड एक थान , २४ हजार ४० नेपाली र नौ हजार भारतीय रुपैया लगायतका सामान अख्तरको बरामद भएको पर्साका प्रहरी उपरीक्षक डाक्टर राजुबाबु श्रेष्ठले बताए ।
बिहीबार बिहान पैदल हिडदै गरेको अवस्थामा शंका लागेर चेकजाँच गर्दा अख्तरलाई एक थान स्वचालित पेस्तोल र १८ राउण्ड गोली सहित पक्राउ गरेको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए।
अख्तरले दिएको बयानका आधारमा तत्कालै वीरगन्ज १५ मुर्ली बगैँचा टोलको उनको डोरामा छापा मार्दा अरु हतियार र सामान बरामद भएको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए ।
करिब दुई महिनादेखि वीरगन्जको मुर्ली बंगैचास्थित एक घरमा डेरा लिएर बस्दै आएका अख्तरले भारत र नेपालमा चोरीका गाडीको खरिबिक्री गर्दै आएको अनुसन्धानबाट खुलेको छ । पर्सा प्रहरीले पक्राउ गरेका अख्तर भारतीय प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका अपराधी हुन् । अख्तरले ढाकामा एक युवतीलाई पटक–पटक बलात्कार गरेको र युवतीका बुबा, आमा र भाइको हत्या गरेको हिन्दुस्थानले गत ५ जुलाइमा प्रकाशित गरेको थियो ।
राष्ट्रपति भण्डारी वीरगन्ज अाएकै दिन अत्याधुनिक हतियारसहित भारतीय अपराधी पक्राउ
Previous Articleयुवाः दुःख नगर्ने पुस्ता
Next Article गण्डकी अस्पताल पोखराको शौचालयबाट कैदी फरार