नेकपा एमालेबाट प्रदेशसभा सदस्य उम्मेदवारका लागि २५ जनाले दावी पेश गरेका छन् । प्रदेशस्तरी बैठकमा प्रत्यक्ष र समानुपातिक तर्फबाट उम्मेदवार बन्न इच्छुकहरुले दाबी प्रस्तुत गरेका थिए ।
नेकपा एमालेबाट प्रदेश सभा (क) मा प्रत्यक्षतर्फको उम्मेदवारका लागि एमालेका जिल्ला अध्यक्ष देवेन्द्रबहादुर कटुवाल, उपाध्यक्ष बालकृष्ण सुवेदी, नेताहरु सन्तोष रावल, किरण सापकोटा, लोक भण्डारी, नारायण जिसी, हेमकुमारी पुन, शिवकुमार बरुवाल, प्रकाश पौडेलले गरेका छन् । प्रदेश तर्फै समानुपातिकमा विष्णु गुरुङ, गणेशबहादुर बानियाँ, जीवन विक, जाफर हुसेन, खड्ग गिरी, यामकुमारी गर्वुजा, र सिवानी ल्वागुनले दावी गरेकी छिन् ।
प्रदेशसभा क्षेत्र (ख) को प्रत्यक्षर्फ एमाले गण्डकी प्रदेश अध्यक्ष तथा संविधानसभा सदस्य नवराज शर्मा, प्रदेश कमिटी सदस्य रामचन्द्र गौतम, यामबहादुर गर्बुजा, धनबहादुर गुरुङ, पदमलाल सापकोटा र यसोदा रोकाले दावी गरेका छन् । त्यसैगरी समानुपातिकतर्फ खरमाया विटालु, सिर्जना केसी, सिता गुरुङले दावी गरेका छन् ।
प्रदेशसभा निर्वाचन समन्वय समितिको बैठकमा उम्मेदवार आकांक्षीको दावी गरेका थिए । उनीहरुको दावी अनुसारको नाम जिल्लाले टुङ्गो लगाउन नसकेको खण्डमा प्रदेश तथा केन्द्रिय कमिटीले टुङ्गो लगाउने एमालेले जनाएको छ ।