बागलुङ, ९ मंसिर – पुर्व सहमति अनुसार निसीखोला गाउँपालिकाको केन्द्र देविस्थानको वडा नम्बर–९ खाडु नभएपछि असन्तुष्टि जनाउँदै देविस्थानबासीले ढोरपाटन नगरपालिकामा राख्न माग गर्दै आएका छन् ।
जिल्ला प्राविधिक समिति बागलुङले निसीखोला गाउँपालिकाको केन्द्र बोहरागाउँको झिँवाखोला राख्ने गरि स्थानिय निकाय संख्या तथा सिमाना निर्धारण आयोगलाई सिफारिस गरिसकेको छ । सर्वदलिय बैठकले देविस्थानलाई ढोरपाटन नगरपालिकामा राख्नका लागि दबाव दिन आयोगमै डेलिगेशन जाने निर्णय गरेको काँग्रेस देविस्थानका सभापति ईन्द्र मल्लले जानकारी दिए ।
जिल्ला प्राविधिक सहयोग समितिको प्रस्तावप्रति गाविसबासी आक्रोसित बनेको र आफुहरुलाई समेत मान्य नभएपछि सबैको राय सुझाब अनुसार निर्णय सच्याउन मंसिर १० गते आयोगमा दबाव दिन जाने मल्लको भनाई छ । बैठकले ढोरपाटन नगरमा राख्न पहल गर्नका लागि ईन्द्र मल्लकै संयोजकत्वमा १४ सदस्यीय डेलिगेशन तथा संघर्ष समिति गठन गरेको छ । माग पुरा नभए संघर्षका कार्यक्रम गर्ने संयोजक मल्लले बताए ।
बैठकमा नेपाली काँग्रेसका गाउँकार्य समिति सभापति ईन्द्रबहादुर मल्ल, नेकपा एमालेका गाविस ईन्चार्ज छविलाल कुवँर, नेकपा माओबादि केन्द्रका ईन्चार्ज भरत पुन, राष्ट्रिय जनमोर्चाका प्रतिनीधि मुक्तबहादुर सिँह, राष्ट्रिय प्रजातन्त्र पार्टिका कृष्णबहादुर मल्ल, नेकपा माओबादिका ढालबहादुर कुँवर, दलीत अगुवा कुविर बिक सहमागी थिए ।
Previous Articleशिक्षकका कथाव्यथा र विद्यार्थीका कुरा
Next Article ९ मंसिर २०७३, ढोरपाटन दैनिक