अमृत बास्कुने
विश्वकै अग्लो स्थानमा आयोजित प्रथम गल्फ प्रतियोगिताको उपाधि २२ प्वाइन्ट सहित श्याम तामाङले जित्नुभएको छ । हिमालपारीको जिल्ला मुस्ताङको लोमन्थाङ गाउँपालिकाको लो–थाङ स्थीत विश्वकै अग्लो स्थानमा रहेको गल्फ कोर्समा शनिबार भएको पहिलो प्रतियोगितामा तामाङले पहिलो स्थान हासिल गर्नुभएको हो ।
‘टप अफ दि वल्र्ड गल्फ क्लासिक’ नाम दिइएको ४ हजार ६ सय ४५ मिटरको उचाइमा आयोजना भएको गल्फ प्रतियोगितामा २० प्वाइन्ट सहित बलराम थापा उपबिजेता बन्नु भएको छ । ३६ जना सहभागी प्रतियोगितामा बेष्ट ग्रसको उपाधि १४ ग्रस अंक सहित रबिन्दर सैनीले जित्नुभयो । त्यसैगरी महिला तर्फ १५ अंक सहित शुस्मा सिंह बिजयी हुनुभएको छ ।
विश्वकै अग्लो स्थानमा पहिलो पटक भएको प्रतियोगिताको उद्घाटन ८१ वर्षिय खेलाडी डा.रिता थापाले गर्नुभएको थियो भने । नब निर्मित गल्फ कोर्सको औपचारीक उद्घाटन पनि डा.रिता थापाले गर्नु भएको थियो ।
प्रतियोगिताका बिजेताहरुलाई पुरस्कार वितरण संघियस सांसद प्रेमप्रसाद तुलाचन र प्रदेश सांसद इन्द्रधारा विष्ट एवम् लो–घेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष अध्यक्ष लोब्साङ छ्योम्पेल बिष्ट, लोमन्थाङ गाउँपालिका अध्यक्ष टसि न्हर्बुगुरुङ तथा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष रिन्जिन नाम्ग्याल गुरुङले पुरस्कार वितरण गर्नुभएको थियो ।
गण्डकी प्रदेशका प्रदेश सदस्य ईन्द्रधारा बिष्टको नेतृत्वमा लोमन्थाङ गाउँको लो–थाङमा भएको प्रतियोगितालाई सफल पार्नका लागि लोमन्थाङ आमा समुहले स्थानीय स्यब्रु नाच प्रस्तुत गर्नुभएको ।
विश्वकै अग्लो स्थानमा भएको पहिलो प्रतियोगितालाई भव्य बनाउन एवम् विश्वब्यापी कभरेजका लागि अमेरिकाबाट प्रकाशन हुने गल्फ डाइजेष्ट म्यागजीनका सम्पादक ओलिभर पनि प्रतियोगितामा सहभागी हुनुभएको कोषाध्यक्ष अग्रवालको भनाई थियो ।
पहिलो गल्फ प्रतियोगिता र उच्च स्थानमा निर्माण भएको गल्फ कोर्सले उपल्लो मुस्ताङको पर्यटनको लागि एउटा महत्वपूर्ण आकर्षण थपिएको गण्डकी प्रदेश सांसद इन्द्रधारा विष्टको भनाई छ ।
विभिन्न ३६ जना खेलाडीको सहभागीता रहेको उक्त प्रतियोगितामा रिता थापा सहित ४ जना महिला खेलाडी भए पनि थापा बाहेक तीन जना मात्रै प्रतियोगितामा प्रतिस्प्रधा गर्नुभएको नेपाल गल्फ संघका कोषाध्यक्ष किसन अग्रवालले बताउनुभयो । विश्वकै उच्च स्थानमा रहेको यस कोर्षमा चुनौती पूर्ण हुँदै गर्दा पनि निकै आनन्दीत महषुश भएको अग्रवालले भन्नुभयो । पोखराबा १२ जना र २४ जना काठमाडौंबाट गरी कुल ३६ जना खेलाडीको सहभागीता रहेको थियो ।
संघका कोषाध्यक्ष अग्रवालले भन्नुभयो– एक हजार रोपनी क्षेत्रफलमा सामान्यतया १८ होलको गेम हुने भए पनि उच्च स्थान भएको कारणले गर्दा यहाँ ९ होलको मात्रै खेल भएको हो । ९ होलको खेल खेलाउनका लागि ३ देखि ४ सय रोपनी क्षेत्रफल भए पुग्ने तथा मुस्ताङको लोमन्थाङ स्थीत गल्फ कोर्स भएको स्थान ४६४५ मिटरको उचाइमा रहेकोले पनि यहाँ ९ होलको प्रतियोगिता भएको कोषाध्यक्ष अग्रवालले बताउनुभयो ।
प्रतियोगितामा नेपाल गल्फ संघका संघका केन्द्रीय उपाध्यक्ष पवित्र कार्कीको उपस्थिति रहेको प्रतियोगिताका मुख्य प्रायोजक द ग्लेनटिवेट रहेको गल्फ संघका कोषाध्यक्ष अग्रवालले बताउनुभयो । उहाँले विश्वकै उच्च स्थानमा भएको खेलका रुपमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा पनि यो प्रतियोगिताले स्थान पाउने बताउनुभयो ।
यो भन्दा पहिले ३ हजार ९७० मिटर उचाइमा रहेको पूर्वी सिक्मिको कुपपमा रहेको याक गल्फ कोर्सलाई सबै भन्दा उचाइमा भएको गल्फ कोर्सको रुपमा लिइन्थ्यो भने अब त्यो उच्च स्थानको ताज मुस्ताङको लोमन्थाङ गल्फ कोर्सले लिएको छ ।