कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी(नेपाल)ले हिमाली जिल्ला म्याग्दीमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन केन्द्रीत चुनावी अभियान थाल्ने भएको छ ।
राप्रपा नेपालका केन्द्रीय सहमहामन्त्री धरमकुमार गुरुङको प्रमुख आतिथ्यतामा भएको राप्रपा नेपालको भेलाले निर्वाचनलाई लक्षित गरेर गाउँ अभियान थाल्ने निर्णय गरेको हो । राप्रपा नेपाल म्याग्दीका अध्यक्ष मनु गर्बुजा खत्रीको अध्यक्षतामा भएको भेलाले निर्वाचन केन्द्रीत संगठन बिस्तारलाई मुल एजेण्डा बनाएर अगाडी बढ्ने निर्णय भएको पहलबहादुर खत्रीले बताए ।
राप्रपा नेपालको जिल्ला भेलामा राप्रपा नेपालका गण्डकी प्रदेश प्रमुख राजेन्द्रबहादुर क्षेत्री, केन्द्रीय सदस्य ठाकुरप्रसाद भुषाललगायतले बोल्नु भएको थियो ।