नारी फिटनेस एण्ड हेल्दी मार्ट विर्तामोडले तिज मिलन कार्यक्रम गर्दै झापाका ५ सञ्चारकर्मिहरुलाई आज सम्मान गरेको छ । महिलाहरुको लागी विशेष जिम हाउस सञ्चालन गर्दै आएको सस्था नारी फिटनेसले दुई महिला सञ्चारकर्मि सहित ५ सञ्चारकर्मीलाई झापामा भएका विभिन्न सुचनालाई सञ्चार मार्फत भूमिका राम्रो निभाएको भन्दै सस्थाले सम्मान गरेको हो ।
सम्मानित हुनेमा पत्रकारहरु एपि वान टेलिभिजन का झापा सम्वादाता सुव्रत न्यौपाने ,विराट एफ एम तथा रासस झापा प्रमुख देवेन्द्र प्रसाई , प्राईम टेलिभिजन तथा सप्तकोशि टेलिभिजनका झापा जिल्ला सम्वादाता विजय वराल तथा महिला सञ्चारकर्मीमा भिजन एफ एम का प्रस्तोता तथा साहित्यकार माया मितु तथा जय लोकतन्त्र साप्ताहिकका सम्पादक सुसिला सग्रौला रहेका छन । सम्मान पत्र सहित ५ जना पत्रकारलाई कार्यक्रमका प्रमुख अतिथि नारी कल्याण सस्था झापाकि अध्यक्ष प्रेमा भट्टराईले सम्मान गर्नु भएको थियो ।
मानै महिलाहरुका लागी छुट्टै जिम हाउस सञ्चालन गर्ने बिनु थपलियाको अध्यक्षतामा भएको तिज समारोहमा पत्रकार छनोटमा साहित्यकार तथा सञ्चारकर्मी लिला अनमोलले गर्नु भएको थियो । कार्यक्रममा उपस्थित भएका महिलाहरुले सामुयीक दर खानुको साथै नाच गान गरि रमाईलो गर्दै तीज मनाएका थिए।