भर्खरै आएको कक्षा दशको नतिजा पछि अहिले उच्च शिक्षाका लागि कक्षा ११ भर्ना हुने ध्याउन्नमा विद्यार्थीहरु रहेका छन् । कतिपय भर्ना भै सकेका छन् भने कतिपय भर्नाको दाउमा छन् । अहिले भर्ना हुनका लागि उच्च शिक्षा भनेर भन्ने गरिएको उच्च शिक्षाको पहिलो खुड्कीलो कक्षा ११ मा भर्ना हुनका लागि उच्च कि निच्च भन्ने सम्मका शब्दावलीको प्रयोग हुने पनि गरेका छन् । विद्यार्थीहरुको परीक्षाको नतिजा सँगै देखिएको ग्रेडले उनीहरुले के कति तिरेर पढ्ने कि के भन्ने सम्मको सवालहरु खडा नगरेका होइनन् । अहिले हेर्दा सामान्य पढाइ भएका विद्यार्थीहरुको ढाडै भाँचीने सम्मको शुल्क र अलिक अब्बल भनिएकाहरुलाई भर्नाका लागि छुट अनि पुरस्कार भन्दै शैक्षिक धरोहर भनिएका कलेज तथा स्कुलहरुले निकालेको विज्ञापनले पनि बिद्यार्थीको मानसिकतामा केही प्रभाव पारेकै होला ।
अहिले जिल्ला भन्दा पनि प्रदेश राजधानी तथा संघिय राजधानी तिरका कलेजहरुमा विद्यार्थीहरु ओइरीनु स्वभाविक हो । अहिलेको अवस्था हेर्दा संघ तथा प्रदेश राजधानीमा नाम चलेका कलेजहरुले विद्यार्थीहरुलाई लोभ देखाएरै तान्न खोजेका देखिन्छ । साउन ११ गते विद्यालय स्तरको कक्षा १० अर्थात् एसइइ परीक्षाको नतिजा आए सँगै विद्यार्थीहरुलाई कुन प्रस्ताब गरेर भित्राउन सकिन्छ भन्ने तर्फ लागेका विद्यालयहरुले वार्षिक शुल्क नै नलिने तथा कम शुल्क लिने जस्ता लोभ देखाउदै आफ्नोमा बोलाउन थालेका छन् । ३.९ जिपिए ल्याएका विद्यार्थीहरुलाई कलेजमा लाग्ने बार्षिक शुल्क २ लाख हुँदै गर्दा पनि उनीहरुलाई २५ हजार देखि ४५ हजार रुपियाँ सम्म मात्रै शुल्क लिएर पढाउने भनेर लोभ देखाउने गरेका तथ्यहरु अहिले विद्यार्थीले नै भोगेका छन् । विद्यालयले कमजोर विद्यार्थीलाई अब्बल बनाउने भन्दा पनि अब्बल विद्यार्थीहरुकै खोजी गरेर उनीहरुलाई नै देखाएर ब्यापार गर्ने दाउमा रहनु स्वभाविक पक्कै हो । तर केही मात्रै भए पनि कमजोर देखिएका विद्यार्थीहरुलाई झनै मानसिक रुपमा दबाब पर्ने काम नगर्दा नै उचित हुन सक्छ ।
झण्डै १४ वर्ष हाराहारीका उमेरका विद्यार्थीहरुले अहिले कक्षा १० को परीक्षा अर्थात् एसइइ पास गरेका छन् । अहिले कमजोर उमेरका बालबालिकाहरुको मष्तीस्कलाई बजारमा भएका स्कुल÷कजेलहरुले देखाएको स्वार्थको ललिपपले विछिप्त बनाउन सक्छ । अब्बल भनिएका विद्यार्थीहरु पनि सकभर कम शुल्कमा पढ्ने र उनीहरुलाई पढाउने भन्ने अभिभावकको चाहना हुन सक्ला भने अरुको पनि त्यस्तै चाहना हुन सक्छ । त्यही कारणले गर्दा अलिक कमजोर देखिएका बालबालिकाको दिमागमा नकारात्मक असर पर्न सक्ने हुन सक्छ । राज्यद्वारा सञ्चालित सामुदायिक विद्यालयहरुले पनि शुल्कको प्रचार र अब्बल र दुर्वल भन्ने खालको प्रचार सामग्री बजारमा टास्दै हिडेको देखिदा कमजोर विद्यार्थीहरुलाई कसले पढाएर अब्बल बनाउन तर्फ लाग्ने भन्ने पनि देखिने नै छ । त्यसैले अब परीक्षाफल आए पछि कुन विद्यार्थीलाई कता र कसरी पढाउन सकिन्छ भन्ने तर्फ राज्यले नै केही सोच्ने कि?
Previous Articleरुप्से दैनिक ! २० साउन २०७९
Next Article सम्मानजनक सिटसहित गठबन्धन बनाउने प्रयासमा दलहरू