मुस्ताङ जाने सडकमा पहिरो खसेपछि सबै यातायात अवरूद्ध भएको छ। आइतबार बिहान ११ बजे मुस्ताङको काभ्रे भिर नजिकै बादरजुङमा ठूलो पहिरो गएपछि सडक ठप्प भएको हो।
सडक अवरूद्ध भएसँगै मुस्ताङ जान लागेका सयौं सवारी साधान बिच बाटोमै अलपत्र परेका छन्।
पहिरो खस्ने क्रम अझै नरोकिएकाले बाटो खुलाउन कम्तिमा एक सातादेखि १५ दिनसम्म लाग्ने घटनास्थलममै रहेका मुस्ताङका सांसद प्रेमबप्रसाद तुलाचनले जानकारी दिए।
‘हामीले कल्पना पनि गरेका थिएनौं यत्रो पहिरो आउँछ भनेर, अझै खस्ने क्रममा छ। त्यसैले हप्ता १५ दिनसम्म यातायात अवरूद्ध हुनेछ’, तुलाचनले सेतोपाटीसँग भने।