शुक्रबार अबेर नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेसँगै शेयर बजारमा आइतबारको कारोबारमा उत्साह देखिएको छ । शेयर बजारका अधिकांश सूचकहरु आइतबार हरियाली तर्फ देखिए । शेयर बजार मापक नेप्से सूचक ३ प्रतिशत बढेको छ भने कारोबार रकम पनि निकै बढेको भन्न मिल्ने अवस्थाको अंक देखिएको छ । आइतबार नेप्से सूचक ६१.०५ अंकले बढेर २०७८.५१ विन्दुमा पुगेर कारोबार बन्द भयो । त्यो दिनमा २ अर्ब ७३ करोड ९ लाख ३७ हजार १९६ रुपैयाँको ६४ लाख २३ हजार १५६ कित्ता शेयर कारोबार भएको छ। राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिमा यसअघि लगाइएको शेयर धितो कर्जाको ४ बैंकबाट १२ करोड सम्म मात्रै कर्जा पाउने सिमालाई संशोधन गर्दै ४ करोडको सिमालाई खारेज गरेको थियो । अब लगानीकर्ताले एउटा बैंकबाट शेयर धितो राखेर १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने भएका छन्। अर्कोतर्फ साना लगानीकर्तालाई प्रोत्साहन गर्नको लागि २५ लाख रुपैयाँसम्मको शेयर धितो कर्जामा १०० प्रतिशत नै जोखिम भार कायम गरेको छ। २५ लाखभन्दा माथिको कर्जामा भने जोखिम भार १५० प्रतिशत कायम गरिएको छ।
मौद्रीक नीतिले मर्जरमा जाने बैंक तथा वित्तीय संस्थाको दोस्रो बजारमा कारोबार समेत नरोक्ने भएको छ । राष्ट्र बैंकले जारी गरेको मौद्रीक नीतिमा अब कारोबार रोक्ने नरोक्ने जिम्मा धितोपत्र बोर्डलाई नै दिइने छ। यसअघि नै धितोपत्र बोर्डले मर्जरमा जाँदा कारोबार रोक्ने व्यवस्था हटाउन प्रयास गरिरहेको छ । यसले गर्दा मर्जरमा गएका कम्पनीहरुको समेत दोस्रो बजारमा कारोबार खुल्ला नै रहने भएको छ । अस अगाडी मर्जरमा जाने भने पछि मर्जर नभए सम्म कारोवार रोक्का हुने गर्दथे । त्यसले गर्दा मर्जर तोडीएको खण्डमा त्यस्ता कम्पनिको शेयर कारोवार नै लामो समय सम्म रोकिने गरेको थियो । यही तीन व्यवस्थाका कारण आइतबारको बजारमा सकारात्मक प्रभाव देखिएको मान्न सकिन्छ । लगानीकर्ताले लामो समयदेखि उठाउदै आएका मागलाई केन्द्रिय बैंकले केही हद सम्म भए पनि सम्बोधन गरेपछि त्यसको सकारात्मक असर शेयर बजारमा देखिएको हो ।
केन्द्रीय बैंकले कर्जा विस्तार कम गर्ने र ब्याजदर बढ्ने गरी मौद्रिक नीति ल्याएको हुँदा दीगो रुपमा बजार बढ्न सक्ला भन्ने विषयमा भने कोही बोल्न सक्ने अवस्था छैन । तर पनि ब्याजदर बढ्दै गएकाले त्यसले शेयर बजारमा नकारात्मक प्रभाव पार्ने तर्फ पनि सोच्न सक्ने अवस्था हुँदै गर्दा पनि मौद्रीक नीति आए पछिको पहिलो कारोवार दिनमा बढेको बजारले पक्कै पनि सकाारात्मक सन्देश भने दिएकै छ । आइतबारको बजारमा फाइनान्स र विकास बैंकमा नै लगानीकर्ता बढी आकर्षण देखिएको थियो । यस दिन फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै ७.२२ प्रतिशतले बढेको छ भने विकास बैंक उपसमूहको पनि ५.१० प्रतिशतले बढेको छ। यस दिन १३ वटै उपसमूहको सूचक सकारात्मक छन् । त्यसैले गत वर्षको मौद्रीक नीति पछि लगातार घटेको बजार यस वर्षको मौद्रीक नीति पछि केही हद सम्म भए पनि बढ्छ भन्ने तर्फ सोच्दा खास फरक पर्दैन कि?
Previous Articleसंसदको ढाडमा टेकेर देउवा-प्रचण्डको आलो राष्ट्रघात
Next Article भ्रमणपछि फेरिएको अडान