धवलागिरी गाउँपालिकामा आगामी आर्थिक बर्ष २०७९/८० का लागि ४० करोड ४९ लाख ४९ हजार रुपैया बजेट पारित भएको छ । गाउँपालिकाको केन्द्र मुनामा सम्पन्न १६ औँ गाउँसभामा अध्यक्ष प्रेमप्रसाद पुनले प्रस्तुत गर्नुभएको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र उपाध्यक्ष रेशम पुनले प्रस्तुत गर्नुभएको बजेट छलफलसहित पािरत भएको हो ।
बजेटमा सामाजिक सुरक्षा भत्ताको रकमलाई समावेश गरिएको छ। गाउँसभामा सार्वजनिक गरिएको बजेटमा आर्थिक विकासतर्फ ७८ लाख ८ हजार ९८० रुपैया, सामाजिक विकासतर्फ ३ करोड ९७ लाख ४ हजार ६९० रुपैया, पुर्वाधार विकास तर्फ ८ करोड ७३ लाख ५ हजार रुपैया, वातावरण तथा विपद ब्यवस्थापनमा ३६ लाख र सुशासन तथा संस्थागत विकासतर्फ ८ करोड ३४ लाख २० हजार ३३० रुपैया बजेट विनियोजन भएको छ ।
बजेटमा गाउँपालिकाभित्र संचालित अधुरा योजनालाई निरन्तरता दिदै दिगो र आधारभूत विकासको आधार तयार गर्ने योजनाहरुलाई प्राथमिकता दिइएको उपाध्यक्ष पुनले बताउनुभयो । आगामी आर्थिक बर्षको बजेटमा ताकममा निर्माधिन अस्पताल, गुर्जाको स्वास्थ्य चौकी भवन, लगायतका क्रमागत योजनालाई निरन्तरता दिएर सम्पन्न गराउने उपाध्यक्ष पुलने बताउनुभयो ।
वडानम्वर ६ को वडा कार्यालय भवन निर्माण, गुर्जामा वृहत खानेपानी, मुदी स्वास्थ्य चौकी भवनलाई ५० लाखका दरले विनियोजन गरिएको छ । झोलुङ्गे पुन निर्माणतर्फ ८० लाख, सुरक्षिता नागरिक आवास कार्यक्रमतर्फ ३३ लाख, लुलाङ– गुर्जा मोटरबाटो निर्माणका लागि ४५ लाख, खिबाङ मोटरबाटोलाई रु २५ लाख बजेट विनियोजन भएको छ ।