गुल्मी, ७ मंसिर – अर्घाखाँची डिभर्ना – १ की कल्पना श्रेष्ठ गुल्मीमा पहिलो महिला स्थानिय विकास अधिकारी भएकी छिन । उनले सोमवारदेखि आफ्नो कार्यभार सम्हालेकी छिन् । श्रेष्ठ यस अघि संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयको उपसचिव पदमा कार्यरत थिईन् । श्रेष्ठले २०६२ साल पुषमा लोकसेवा आयोग लडेर महिला तथा बालबालिका मन्त्रालयमा शाखा अधिकृतको नियुक्ति पाएकी थिईन् । यस अघि गुल्मीकै वासीन्दा स्थानीय विकास अधिकारी डिलाराम पन्थी थिए । उनी अछाममा सरुवा भएका छन् ।
Previous Articleबागलुङकी प्रनीता भइन् एमबिबिएसमा केयु टपर
Next Article अङ्गीकृत नागरिकताको ज्वलन्त प्रश्न