नेकपा एमाले गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठले नेकपा एमालेको अहिले देशैभरी माहौल बनेको हुँदा जित निश्चित प्रायः भएको बताएका छन् ।
नेकपा एमाले म्याग्दीका निवर्तमान अध्यक्ष समेत रहेका श्रेष्ठले अन्नपूर्ण गाउँपालिकाको भूरुङ–तातोपानीमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेको पक्षमा देशैभरी माहौल बनेको देखेर अत्तालिएका अन्य दलहरुले अनर्गल प्रचारबाजी गर्न थालेको आरोप लगाए ।
एमालेको पक्षमा माहौल बनेकाले जित निश्चित भैसकेको हुँदा अब विजेता घोषणा गर्न मात्रै बाँकी रहेको अवस्था देखेर प्रतिस्पर्धामा आउन अन्य दल नसकेर गलत प्रचारबाजीतर्फ लागेको नेता श्रेष्ठको भनाइ थियो । चुनावी प्रचार सभामा अन्नपूर्णको अध्यक्षका उम्मेदवार भरत पुन, उपाध्यक्षका उम्मेदवार दिवा पुन, भूरुङ–तातोपानी वडाका अध्यक्ष र सदस्य पदका उम्मेदवारहरुले कार्यक्रममा मन्तव्य राखेका थिए ।
कार्यक्रममा भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनका केन्द्रीय सदस्य क्याप्टेन बलबहादुर पाईजा, नेकपा एमाले म्याग्दीका सचिवालय सदस्य श्याम राना, नेकपा एमाले अन्नपूर्ण गाउँपालिका कमिटीका अध्यक्ष धनकुमार पूर्जाले मन्तव्य राखेका थिए । वडा कमिटी अध्यक्ष यामबहादुर फगामीको अध्यक्षता, हेमकुमारी गर्बुजाको स्वागत र सिवानीसिंह ल्वागुनको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
Previous Articleसमृद्ध रघुगंगाका लागि सूर्यमा मतदानः के.सी.
Next Article एमाले बेनपाको चिप्लेटीमा घरदैलो, तातोपानीमा आमसभा