हिमाली जिल्ला म्याग्दीको रघुगंगा गाउँपालिकामा नेपाली काग्रेसको तर्फबाट अध्यक्षका उमेदवार भवबहादुर भण्डारीका विरुद्ध सरकारी जग्गा अपचलन गरेको आरोपमा उजुरी परेको छ । उमेदवारविरुद्ध दाबी विरोधका लागि निर्वाचन आयोगले दिएको समयमा अध्यक्षका अन्य दुईजना उमेदवारले उनीविरुद्ध उजुरी गरेका हुन् ।
भण्डारीलाई सरकारी जग्गा र रकमको अपचलन गरेको आरोप लगाइएको छ । यद्यपि, निर्वाचन अधिकृतको कार्यालयले भने के बिषयमा उजुरी परेको भन्ने खुलाएको छैन ।
तर भण्डारीले सर्वसाधारण जनताले गाउँपालिकालाइ दिन खोजेको जग्गा आफ्नो नाममा पास गरेको आरोप लगाइएको बुझीएको छ ।
नेपाली कांग्रेसको तर्फबाट उमेदवार बनेका भण्डारीका विरुद्ध नेकपा एमालेको तर्फबाट अध्यक्षका उमेदवार बनेका प्रेमबहादुर कार्की र स्वतन्त्र उमेदवार सागर भण्डारीले उजुरी गरेको सहायक निर्वाचन अधिकृत अमृत सुवेदीले बताए ।