म्याग्दीको बेनी नगरपालिका–५, गाजनेमा रहेको ऐतिहासिक जगन्नाथ मन्दिरमा धुपीको रुख भाँचिएर खस्दा क्षति पुगेको छ । सोमवार साँझको समयमा चलेको चर्को हावाहुरीले मन्दिर अगाडि रहेको करिब ३ सयवर्ष पुरानो धुपीको रुख भाँच्दा मन्दिरमा क्षति पुगेको हो ।
रुख भाँचिएर मन्दिरको छानामा बजारिँदा जगन्नाथ मन्दिरको छानाको मुख्य गजुर कच्याककुचुक भएर क्षति पुगेको जगन्नाथ मन्दिरधाम गुठी व्यवस्थापन तथा सञ्चालन समितिका सचिव निलकण्ठ शर्माले बताए । उनले हावाहुरीका कारण भाँचिएर धुपीको रुख मन्दिरमा पर्दा त्यसको चोटले मन्दिरको पश्चिमतर्फको कार्नेसहरुमा क्षति पुगेको जानकारी दिए ।
यसैगरी रुख भाँँचिएर लाग्दा मन्दिरको उत्तरतर्फको गजुर भुइँमा खसेर कच्याककुचुक परेको छ भने मन्दिरमा जडान गरिएको बिजुलीका बल्बहरुमा पनि क्षति पुगेको छ । यसका साथै धुपीको रुख भाँिचएर मन्दिर नजिकै रहेको पाकशालाको छानामा पनि क्षति पु¥याएको समितिका सचिव शर्माले बताए । प्रारम्भिक जानकारीअनुसार मन्दिरमा झण्डै पाँचलाख रुपैयाँ बराबरको क्षति पुगेको हुन सक्ने अनुमान गरिएको छ । मन्दिरभित्र क्षति नपुगेको भए पनि गजुरसहित मन्दिर बाहिर भने धुपीको रुख भाँचिएर क्षति पुगेको छ ।
चर्को हावाहुरी लागेर मन्दिर अगाडिको धुपीको रुख अचानक भाचिँदा मन्दिरमा क्षति पुगेको अहिलेसम्मको इतिहासमै पहिलोपटक यस्तो घटना भएकोमा गाजनेवासीले अचम्म मानेका छन् । हावाहुरीले रुख ढलाएर क्षति पु¥याएको मन्दिरको विवरण सङ्कलन गरेर मर्मतसम्भारका लागि आवश्यक पहल गरिने समितिले जनाएको छ । २०६९ सालमा लगाइएको सप्ताहव्यापी महायज्ञबाट सङ्कलित रकमले जगन्नाथ मन्दिरको पुनर्निर्माण गरिएको थियो ।
नेपालमा तत्कालीन बाईसे–चौबीसे राज्यको पालामा ऐतिहासिक पर्वत राज्यका राजा दिलिपबम (डिम्ब)ले भारतको उडिसा राज्यमा गएर भगवान् जगन्नाथको मूर्ति ल्याई गाजनेको हलहलेचौरमा स्थापना गरेका थिए ।
Previous Articleराष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा उम्मेदवार सिफारिस
Next Article रुप्से दैनिक ! ०६ वैशाख २०७९