काठमाडौँ, ६ मंसिर – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी एक भएका छन्। नेपाल प्रज्ञाभवनमा दुई पार्टीबीचको एकता घोषणासभा चलिरहेको छ। एकता घोषणापत्रमा दुवै तर्फका अध्यक्षहरुले हस्ताक्षर गरेका छन्। एकीकृत पार्टीको नाम राप्रपा राखिने छ । पार्टी एकीकरण घोषणापछि पशुपति शमसेर राप्रपाको राष्ट्रिय अध्यक्ष हुनेछन् भने कमल थापा पार्टी अध्यक्ष हुनेछन् ।
पार्टीको झन्डा राप्रपा नेपालको हुने र चुनाव चिन्ह भने महाधिवेशनले तय गर्ने छ । महाधिवेशन तीन महिनाभित्रमा सम्पन्न गर्ने दुई दलबीच सहमति भएको ।पार्टी एकीकरणपछि राप्रपा नेपालको चौथो ठूलो दल हुनेछ ।
दुई पार्टीबीचको एकता घोषणासभालाई ऐहिासिक तथा अविस्मरणीय बनाउने दुवै दलले निर्णय गरेका छन् । समान विचारधारा बोकेका राजनीतिक दलहरुसँग सहकार्य र एकता गर्ने पार्टीको नीति अनुरुप राप्रपा नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी वीच एकीकरण हुन लागेको हो ।
पार्टी एकता घोषणाका लागि कमलादीस्थित प्रज्ञा भवनमा विशेष कार्यक्रमको तयारी भएको राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।