यसवर्ष हुने ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको छनौट चरणमा नेपाल चुके पनि अन्तिम खेलमा भने सान्त्वना जित हासिल गरेको छ । ८ टोलीको सहभागिता रहेको उक्त प्रतियोगितामा नेपालले तेस्रो स्थान हासिल ग¥यो । ८ टोलीलाई दुई समूहमा विभाजन गरेर शीर्ष दुई टोली सेमीफाइनल प्रवेश गरेका थिए । फाइनल पुग्ने दुई टोली सन् २०२२ मा अष्ट्रेलियामा हुने ट्वान्टी–ट्वान्टी विश्वकपका लागि छनौट हुने थिए । तर नेपाल सेमीफाइनलमा युएईसँग पराजित हुँदै विश्वकप सपनालाई अर्को प्रतियोगितासम्म कुर्नुपर्ने अवस्थामा पु¥याएको छ । क्रिकेट संघ र खेलाडीबीच भएको विवादसँगै चर्किएको विवादलाई साम्य पार्दै टोलीको छनौट अनि नयाँ कप्तान सन्दीप लामिछानेको नेतृत्वमा ओमान पुगेको टोलीले बिहीवार आयोजक ओमानलाई नै पारजित गर्दै तेस्रो स्थान हासिल ग¥यो । लक्ष्य विश्वकप भए पनि विश्वकपका लागि छनौट हुने दुई भन्दा पछाडि आफूलाई उभ्याउँदै नेपाल अब घर फर्कदैछ ।
समूह ‘ए” मा रहेका आयरल्याण्ड, संयुक्त अरब इमरेष्ट (युएइ), बहराईन र जर्मनी तथा समूह “बि”मा रहेका नेपाल, ओमान, क्यानडा र फिलिपिन्स थिए । समूह बि मा रहेका सबै टोली बाहिरिए भने समूह ए को दुई टोली विश्वकपको लागि छनौट भएका छन् । छनौट प्रतियोगितामा पुग्नु अघि निकै मजबुत देखिएको नेपाली टोली प्रतियोगिता सकिने समयमा निकै खस्केको छ । नेपाली टोली अझै तल पुग्ने निश्चित छ । अर्को ८ टोलीको छनौट प्रतियोगिताबाट २ टोली विश्वकपलाई छनौट हुने समयमा नेपाल ती २ टोलीभन्दा पनि तल्लो बरियतामा पुग्छ । अर्को समूहमा रहेको टोलीहरु बीचमा भएको छनौट प्रतियोगिताबाट पनि विजेता हुने दुई टोलीले नेपालको बरियतामा असर पार्नेछन् । अहिलेको प्रतियोगिता सुरु हुनुभन्दा पहिला नेपालको बरियता विश्व क्रिकेटको १३औं नम्बरमा थियो भने प्रतियोगिताको बीचमा पुग्दा १६ नम्बरमा पुगिसकेको छ । प्रतियोगिता सकिएलगत्तै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले पक्कै पनि बरियता निकाल्ने छ ।
छनौट प्रतियोगिताको ८ टोली सम्मिलित समूह बि को खेल जिम्बाबेमा हुँदैछ । त्यहाँ हुने छनौट प्रतियोगितामा हङकङ, जर्सी, नेदरल्याण्ड, पपुवान्युगीनी, सिंगापुर, युगाण्डा, अमेरिका र जिम्बाबे सहभागी हुनेछन् । ८ टोलीलाई दुई समूहमा विभाजन गरेर हुने उक्त प्रतियोगितामा पनि दुवै समूहका शीर्ष दुई टोली सेमीमा पुग्ने र सेमी जितेर फाइनलमा पुग्ने दुई टोली यही वर्ष हुने विश्वकप प्रतियोगितामा सहभागी हुनेछन् । ट्वान्टी–ट्वान्टी विश्वकप प्रतियोगिता २०२२ को खेल तालिका सार्वजनिक भैसकेको भए पनि छनौट चरण पार गर्ने दुई टोलीको भने अहिलेसम्म टुङ्गो लाग्न बाँकी छ । जुलाई ११–१७ सम्म जिम्बाबेमा हुने प्रतियोगिताबाट छानिएका २ टोली पछि मात्रै आगामी अक्टोबर महिनामा अष्टे«लियामा हुने प्रतियोगिताका लागि पुरै टिम सहभागीको टुंगो हुनेछ । नेपाल भने अब २०२४ मा अमेरिका र वेष्ट इन्डिजले संयुक्त रुपमा आयोजना गर्ने प्रतियोगिताका लागि प्रयास गर्नुपर्ने भएको छ । सन् २०१४ मा बंगलादेशमा भएको विश्वकप प्रतियोगिता खेलेको नेपालले अब पुनः विश्वकपका लागि अझै दुई वर्षपछिका लागि प्रयास गर्नुपर्ने भएको छ । नेपाल सहभागी अहिलेको समूहबाट कुने पनि टिम विश्वकपलाई चयन हुन नसके पनि अर्को पटकका लागि अपेक्षा गर्नुपर्ने देखिन्छ ।