राष्ट्रिय युवा संघ म्याग्दीद्वारा बर्तमान गठबन्धन सरकारको बिरुद्ध स्थानीय तहको चुनाव गर्न बिलम्ब गरेको, २४ लाख डोज कोभिड भ्याक्सिन बेपत्ता हुनु, बजारमा सिटामोलको अभाव साथै पेट्रोलियम र खाद्यान्न को चरम मुल्यबृद्दी हुनु, लिपुलेक लिम्पियाधुरामा भारत द्वारा सडक बिस्तार तथा महाकालीमा एकपक्षीय ढङ्गबाट तटबन्ध गर्ने भारतीय निर्माण जस्ता सन्दर्भमा मौनता साँधेको भन्दै राष्ट्रिय युवा संघले ज्ञापन पत्र बुझाएको छ । प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाइ युवा संघले ज्ञापन बुझाएको हो ।