नेपाल कम्युनिष्ट पार्टी (एमाले) म्याग्दीको नवौं जिल्ला अधिवेशनबाट देवेन्द्रबहादुर केसीको अध्यक्षतामा ९० सदस्यीय सर्वसम्मत जिल्ला कमिटी निर्वाचित भएको छ । आइतबार सदरमुकाम बेनीमा सम्पन्न अधिवेशनले जिल्ला कमिटीको उपाध्यक्षमा बालकृष्ण सुवेदी, सचिवमा सुरत केसी, उपसचिवमा राजकुमार थापा र थमसरा पुन निर्वाचित भएका छन् ।
यसैगरी जिल्ला कमिटीको सदस्यहरुमा अन्नपूर्ण गाउँपालिकाबाट हस्तबहादुर पुन, यामबहादुर खड्का, क्याप्टेन बिर्खबहादुर गर्बुजा, हरिमाया पुन, बोमाया गर्बुजा, धनबहादुर विक, तेजबहादुर गुरुङ, श्यामबाबु रानामगर, टोकबहादुर पुन, कृष्णबहादुर तिलिजा र देवकुमारी पुन निर्वाचित भएको एमाले म्याग्दीले जनाएको छ । धवलागिरिबाट दिनेश खत्री, रोशन कार्की, ईश्वर सुवेदी, हरिकला थापा, सुवादेवी पूर्जा, धनबहादुर गुुरुङ, किनमाया घर्ती, गमप्रसाद विक, अमृता भण्डारी, देवबहादुर थापा, मदन मल्ल र हरि छन्त्याल निर्वाचित भएका छन् ।
त्यस्तै बेनी नगरपालिकाबाट गुमानसिंह खड्का, गणेशबहादुर बोगटी, यामबहादुर चोखाल, कृष्णसिं बानियाँ, गोविन्द बानियाँ, टकसरा राना, गुमादेवी किसान, मैनाकुमारी कार्की, उत्तमकुमार कर्माचार्य, गेमबहादुर घर्तीमगर, राजेन्द्रकुमार श्रेष्ठ, विष्णु गुरुङ, रामकृष्ण बराईली, उषा सुवेदी सार्की, मसबिर रोका, देवीप्रसाद शर्मा, टेकबहादुर रावल, गोविन्दप्रसाद पौडेल, रामप्रसाद सुवेदी, चन्द्रकुमार केसी, बेलबहादुर कटुवाल, मिना राम्जाली, दुर्गाकुमारी शर्मा पौडेल, पशुपति शाही, जाफर हुसेन, केपी अधिकारी, बलादेवी राई र राजकुमार राई निर्वाचित भएका छन् ।
मंगला गाउँपालिकाबाट कलाधर कँडेल, धनबहादुर खाती, सिर्जना केसी, उदयबहादुर शेरपुजा, हिराबहादुर फगामी, यशोदा रोका, शिव विक, दिपक जिसी, खगेन्द्र आचार्य, ताराप्रसाद आचार्य, सावित्रा खत्री, सरदेवी भट्टचन निर्वाचित भएका छन् । मालिकाबाट सोमबहादुर विक, मनबहादुर विक, कुलबहादुर घर्ती, गौमती चपार्इँ, नरबहादुर पुन, सीता गुरुङ, सुनिता विश्वकर्मा, सागर शर्मा, विशाल अनुरागी र खरमाया बटालु निर्वाचित भएका छन् भने रघुगंगाबाट मिनबहादुर भण्डारी, गमबहादुर पुन, निरज शेरपुन्जा, रसिला परियार, रिमती तिलिजा, खेमराज पुन, लक्ष्मी शेरपुजा, पूर्ण परियार, राजु शर्मा, चन्द्रमान छन्त्याल, जीवनबहादुर कार्की र तेजकुमारी पुन निर्वाचित भएका छन् ।
अध्यक्षमा निर्वाचित भएसँगै केसीले प्रतिबद्धता व्यक्त गर्दै आगामी निर्वाचनमा म्याग्दी जिल्लामा नेकपा एमालेलाई जिताउने उद्घोष गरे । नवनिर्वाचित कमिटीलाई बधाइज्ञापन गर्दै नेकपा एमालेका स्थायी कमिटी सदस्य थममाया थापाले म्याग्दीमा एमालेको विरासतलाई कायम राख्दै पार्टीको गतिविधिलाई गाउँ, टोलसम्म पु¥याउनुपर्ने बताइन् । उनले अहिलेको अवस्थामा राष्ट्रिय राजनीतिमा एमाले पार्टीको भूमिका महत्वपूर्ण रहेकाले सोहीअनुसार जिल्लामा पनि गतिविधिलाई अगाडि बढाउनुपर्नेमा जोड दिएकी छन् ।
नवनिर्वाचित कमिटीलाई बधाइज्ञापन र शुभकामना व्यक्त गर्दै एमाले म्याग्दीका निवर्तमान अध्यक्ष हरिकृष्ण श्रेष्ठले आफूले लामो समय जिल्लामा पार्टीको नेतृत्व गरेर सर्वसम्मत रुपमा जिम्मेवारी हस्तान्तरण गर्न पाउँदा आफूलाई निकै खुसी लागेको बताए । कार्यक्रमको सञ्चालन एमाले केन्द्रीय सदस्य एवं अध्यक्ष मण्डलका सदस्य भूपेन्द्रबहादुर थापाले गरेका थिएभने कार्यक्रममा एमाले केन्द्रीय सदस्य नरदेवी पुन, गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्मालगायत एमालेका नेता, कार्यकर्ताले नवनिर्वाचित कमिटीलाई बधाई दिएका थिए ।
एमाले म्याग्दीको अध्यक्षमा केसी, निर्वाचित सम्पूर्ण नामावली सहित
Previous Articleएमाले जिल्ला अधिवेशनः उम्मेदवारी दर्ता सुरु
Next Article रुप्से दैनिक ! २५ पाैष २०७८