काठमाडौं, ५ मंसिर- क्रिष्टियानो रोनाल्डोको करियरको ३९ औं हृयाट्रिकको मदतमा रियलले मड्रिड डर्बीमा शानदार जित हहत पारेको छ ।शनिबार राति भएको खेलमा रियल मड्रिडले शहरी प्रतिद्वन्द्वी एथ्लेटिको मड्रिडमाथि ३-० गोल अन्तरको जित हात पारेको हो ।
घरेलु मैदान बेर्नाबाउमा भएको खेलमा रोनाल्डोले २३ औं मिनेटमा खाता खोलेका थिए । बाँकी दुई गोल भने दोस्रो हाफमा भयो । ७१ औं मिनेटमा पेनाल्टी गोलमार्फत अग्ता दोब्बर पारेका उनले ७७ औं मिनेटमा हृयाट्रक पुरा गरे ।
यो जितसँगै रियल मडिडले ला दिगामा चार अंकको अग्रता कायम गरेको छ । दोस्रो स्थानमा रहेको बार्सिलोना मालागासँग बराबरीमा रोकिएको थियो ।
Previous Articleआतङ्ककारीद्धारा तीन भारतीय सैनिक मारिए
Next Article महँगो डलर, १ डलरको १०९ रुपैयाँ ३६ पैसा