जुनेली रात
फेवातालमा
ढुंगा खियाउFदै
एउटा माझी
आफनो जिन्दगीको अर्थ नाप्न खोज्छ
छाFया हेर्दै तरङ्गित पानीमा
भूईंमा खस्न लागेको उज्यालो
विहानीको प्रथम प्रहरमा
आफना दुखद पलहरु उनेर गीतमा
ऊ गाउFछ
आफनी प्रीयसीका यादहरु
जो हराएकी थिई कुनै दिन
जुनेली रातमा फेवाको गर्भमा
जूनको किरण पर्दा अनुहारमा
मुस्कुराउने नीलो फूल त हो
उसकी प्रीयसी
जसको मुस्कानमा उदाएको जून देखेर
फेवाको छातीमा
बाFच्न खोज्छ ऊ
अर्काे पूर्णीमा सम्म
उसकै यादमा ।