नेकपा एमालेको महाधिवशेन र दोश्रो केन्द्रिय कमिटि बैठक पछि केन्द्रिय कमिटिमा ४ जना म्याग्देलीको उपस्थिति देखिएको छ । एमालेका पुराना राजनैतिक हस्तीहरुलाइ केन्द्रिय कमिटी बैठकले उचित जिम्मेवारी दिएको देखिन्छ ।
१० औं महाधिवेशनबाट केन्द्रिय कमिटिमा थममायाँ थापा, भूपेन्द्र थापा र नरदेवी पुन चयन भएका थिए भने दोश्रो केन्द्रिय कमिटी बैठकले गण्डकी प्रदेश अध्यक्षमा नवराज शर्मालाइ चयन गरे सँगै एमालेको केन्द्रमा ४ जनाको उपस्थिति भएको हो । प्रदेश कमिटी अध्यक्ष पनि स्वत पदेन सदस्य हुने एमालेको बिधानमा भएको हुँदा अब म्याग्दीबाट केन्द्रिय कमिटिमा पुग्नेको संख्या ४ भएको हो । एमालेको बिधानत प्रदेश अध्यक्षको भुमिका बढी हुने भए पनि केन्द्रमा पदेन सदस्य हुने गर्दछन् ।
एमालेको केन्द्रमा चयन भएका चारै जना एमालेका तर्फबाट प्रत्यक्ष निर्वाचित भएका व्यक्ति हुन् । थममायाँ थापा २०४८ को निर्वाचनमा बिजयी भएकी हुन् भने नवराज शर्मा २०७० र नरदेवी पुन र भुपेन्द्र थापा पछिल्लो प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा प्रत्यक्ष निर्वाचित हुन् ।